मेन्छियाम हाइड्रोपावरको आईपीओ खुल्यो

मेन्छियाम हाइड्रोपावरको आईपीओ खुल्यो

काठमाडौँ । मोन्छियाम हाइड्रोपावर लिमिटेडको साधारण सेयर (आईपीओ) खुल्ला भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयवासिन्दाका लागि र वैदेशिक रोजगारीमा रहेकाहरुका लागि आजदेखि आईपीओको बिक्री खुलाएको हो ।

हाइड्रोपावरको जारी पूँजी ५४ करोड २५ लाख ८३ हजार रुपैयाँको १० प्रतिशत सेयर स्थानीयका लागि छुट्याइएको छ । कम्पनीले ५ करोड ४२ लाख ५८ हजार ३०० रुपैयाँ बराबरको ५ लाख ४२ हजार ५८३ कित्ता सेयर बिक्री खुलाएको हो ।

यसमध्येबाट संखुवासभाका आयोजना प्रभावितहरुले २ लाख ७१ हजार २९२ कित्ता सेयरमा आवेदन दिन पाउनेछन् । यस्तै, नेपाल सरकारबाट स्वीकृती लिएर वैदेशिक रोजगारीमा गएकाहरुले १ लाख ८ हजार ५१७ कित्ता सेयर छुट्याइएको छ ।

कम्पनीको आईपीओमा फागुन २५ गतेसम्ममा आवेदन दिन सकिनेछ । यो अवधिमा आईपीओ बिक्री नभएको अवस्थामा स्थानीयका लागि भने चैत ९ गतेसम्म थप हुनेछ । कम्पनीले संखुवासभामा ४.७२ मेगावाट क्षमतको आयोजना निर्माण गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्