सामुदायिक लघुवित्तले २१ प्रतिशत लाभांश दिने घोषणा

सामुदायिक लघुवित्तले २१ प्रतिशत लाभांश दिने घोषणा

काठमाडौँ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना लगानीकर्ताहरुका लागि लाभांश घोषणा गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट असार मसान्तसम्म कायम चुक्ता पूँजीबाट आकर्षक लाभांश घोषणा गरेको हो । लघुवित्तले १० प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । यही वर्षको असार मसान्तमा कम्पनीको चुक्ता पूँजी १३ करोड २० लाख रुपैयाँ कायम थियो । यसअनुसार चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने १ करोड ३२ लाख रुपैयाँ बोनस सेयर पाउनेछन् ।

यस्तै, ११ प्रतिशतले हुन आउने १ करोड ५४ लाख ८९ हजार रुपैयाँ नगद लाभांस वितरण गर्ने कम्पनीको सञ्चालक समितिको २०७ औं बैठकले प्रस्ताव गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्