कृषि विकास बैंकको अध्यक्षमा पुडासैनी नियुक्त

<span class='c1'>कृषि विकास बैंकको</span> <span class='c2'>अध्यक्षमा पुडासैनी नियुक्त</span>

काठमाडौँ । कृषि विकास बैंकको अध्यक्षमा रामशरण पुडासैनी नियुक्त हुनुभएको छ ।

आज बसेको बैंक सञ्चालक समितिको बैठकले पूर्वराजस्व सचिव भइ सक्नुभएका पुडासैनीलाई अध्यक्षमा नियुक्त गरेको हो ।

उहाँ यसअघि बैंकको सञ्चालक समिति सदस्यका रूपमा रहनुभएको थियो । अर्थ मन्त्रालय र सम्बद्ध निकायमा ३३ वर्ष काम गर्नुभएका पुठासैनी गत साउन २४ गते सेवा निवृत्त हुनुभएको थियो । विसं २०४५ असार २० गते निजामती सेवामा प्रवेश गरी २५ वर्ष अर्थ मन्त्रालयमा कार्यरत हुनुहुन्थ्यो ।

पुडासैनीसँग विश्व बैंक र एसियाली विकास बैंकमा बसेर काम गरेको अनुभव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्