विराटनगर । झापा कन्काई नगरपालिका–३ का राजिव अधिकारी श्रीमती प्रमिला घिमिरेसँगै सुनसरीको इटहरी–६ मा डेरा गरी बस्दै आएका थिए । उनी झापाबाट इटहरी कुनै काम विशेषले डेरा भाडामा लिएर बस्दैनन् । उनले लागुऔषधको कारोबार गर्न सहज हुने भएपछि इटहरीमा डेरा लिएर बस्दै आएका हुन् ।
इलाका प्रहरी कार्यालयलाई गत १० गते अधिकारीको कोठमा भारतबाट एक व्यक्ति आएको सूचना प्राप्त भयो । प्रहरीले अधिकारी र भारतीय नागरिकबीच लागुऔषध खैरो हिरोइनका् कारोबार हुने गरेको सूचनाका आधारमा कोठामा छापा मा¥यो ।
छापा हान्न जाँदा भारत बिहार राज्य सुपौल जिल्ला भिमनगर ग्राम पञ्चायत १२ बिरपुर वस्ने विनोद कुमार गुप्तालाई कोठामै भेटिए । प्रहरीले कोठा खानतलासी गर्दा ३३ ग्राम ७९० मिलिग्राम ब्राउन सुगर फेला पारेको थियो ।
एउटा कोठामा लागुऔषध बरामदसँगै त्यहाँ भेटिएका मोवाइलले प्रहरीलाई हैरान पारेको थियो । कोठाबाटै सामसुङ कम्पनीका विभिन्न रंगका स्क्रिन टच मोवायल ७ थान, रेडमी कम्पनीको स्क्रिन टच मोवायल २ थान, ईनफिनिक्स कम्पनीको स्क्रिन टच मोवायल एकथान कलर्स मोवायल एकथान अर्को एकथान, नोकिया मोवायल एक थानपावर बैंक २ थान बरामद गरेको थियो ।
यसैगरी तौल गर्ने डिजिटल मेसिन एकथान र नेपाली रुपिँया एकलाख पाँच हजार १३० र भारतीय २२ हजार ७९० रुपिँया बरामद गरेको थियो । प्रहरीले पक्राउ परेका उनीहरुलाई लागू औषध सम्बन्धी कसुरमा सुनसरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरेको जनाएको छ ।