विराटनगर । सातवटा प्रदेश मध्ये ६ वटा प्रदेशले नाम पाए पनि प्रदेश १ नाम राख्ने सन्दर्भमा पछाडी परेको छ ।
अघिल्लो सरकारले प्रदेशको नाम टुंगोमा पुर्याउन नसक्दा बदनाम बेहोर्नु परेको भन्दै प्रदेश १ मा प्रतिनिधित्व गर्ने सांसदहरुले पहिलो प्राथमिकतामा प्रदेशको नाम रहेको बताउदै आइरहेका थिए । सोही अनुसार दोस्रो कार्यकालको पहिलो अधिवेशनबाटै नामकरणको विषयलाई आज अर्थात बुधबार बस्ने प्रदेश १ बैठकमा नामको विषय टुंगोमा पुर्याउने प्रयास गर्ने भएको छ ।
नेकपा माओवादी केन्द्रको तर्फबाट प्रदेशसभा सदस्य गणेश उप्रेतीले प्रदेशले आज नै नाम पाउने भन्दै सामाजिक सञ्जालमा लखेको छन् । उनले लेखेका छन्।‘ अघिल्लो प्रदेशसभाले गर्न बाँकी राखेको एउटा महत्वपूर्ण कार्य आज प्रदेशसभाले फाइनल गर्छ, प्रदेशले नाम पाउछ ।’
पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको सरकारले नामको विषय छलफलमा ल्याउदै गर्दा विभिन्न पहिचानवादी दलहरुले पहिचानको आधारमा नाम पाउनुपर्ने मागसहति सडक आन्दोलन गरेका थिए । भूगोल र पहिचानको बीच पेचिलो बनेको प्रदेशको नामकरण श्रोतका अनुसार कोसी नाम प्रदेशसभामा प्रस्ताव हुने तयारी रहेको छ । प्रदेशको नाम दलहरुबीच कोसीमा सहमति भइसकेको श्रोतले जनाएको छ ।
उनले नाम प्रदेशसभामा प्रस्ताव राख्ने, र उक्त नाममा सबै दलको तर्फबाट समर्थन गर्ने तयारी रहेको दाबी गरे ।