होलीमा रसायनयुक्त रङ्गको प्रयोग स्वास्थ्यमा प्रतिकुल असर

होलीमा रसायनयुक्त रङ्गको प्रयोग स्वास्थ्यमा प्रतिकुल असर

मनिष थापा
होली रङको चाड, नेपालमा मनाइने बिभिन्न चाडमध्ये सबैभन्दा बढी चर्चा गरिने तथा उमङ्ग अनी हर्सोल्लासका साथ मनाइने चाडहरुमध्ये एक पर्दछ । नहोस पनि किन, पूर्ण चन्द«माको दिन मनाइने होलीको आगमन सङ्गै एकातिर चारैतिर खुशीयाली, उमङ्ग, एक प्रकारको छुट्टै जोश अनी उत्साह छाउन थाल्छ भने अर्कोतिर लोला तथा रङ्गमा प्रयोग हुने बिभिन्न हानिकारक रसायनको प्रयोगले बिबादको घेराभित्र पनि समेटिन पुग्दछ । होली कसैलाई रमाइलो गर्ने चाड बन्न पुग्दछ भने कसैलाई दु ःख अनी हैरानी मात्र ।

होलीको सुरुवात कसरी भयो भन्ने कथन आआफ्नै छन् तर पनि युगौँ अघी देखी यो चाड मनाइने गरिएको छ । पौराणीक कथन अनुसार देवी होलिकाको नाममा होली मनाइने गरिएको छ। यसलाई फागु पुर्ने पनि भन्ने गरिन्छ (फागु माने पवित्र रातो रङ्ग तथा पुर्ने माने पूर्ण चन्द«माको दिन) । होलिको आगमन सङ्गै जाडोयामको बिदाइ तथा बसन्त ऋतुको आगमन हुने तथा चारैतिर चरिको चिरबिर चिरबिर सुनिन थालिने, विभिन्न प्रजातिका रङ्गिन फुलहरुले वन ढाकिने तथा प्राकृतिक रुपमै सौन्दर्य छर्ने भएकोले यो चाडलाई स्प्रीङ्ग चाड पनि भन्ने चलन छ । नाम जेसुकै दिएपनी होलीलाई परिवारजन र साथीभाइसँग पूर्ण आनन्द, जोश, भाईचारा तथा प्रेमको साटासाट गर्दै मनाइने चाडको रुपमा लिइन्छ। होली शब्द सङ्गै मान्छेमा उमङ्ग एस्तो आउछ कि होली आउनु हप्ता दिन अघिदेखिनै लोला हानाहान सुरु भईसकेको हुन्छ तथा होलीको रौनक छाईसकेको हुन्छ ।

होली र रङ्ग

पौराणीक कथा अनुसार जाने हो भने रङको प्रयोगलाई प्रेमको प्रतिकको रुपमा लिईन्छ । एक भनाइअनुसार कृष्ण देवताद्वरा रङ्ग खेल्ने चलन चलाइयो । उनले आफ्नो प्रिय राधालाई प्रेमको सद्भाव अनी संकेत स्वरुप रङ्ग लगाइदिए र त्यहीँ चलन अहिलेसम्म पनि जनमानसमा चलिआएको छ ।

होलिको दिनमा मान्छेहरुमाझ माहौलनै छुट्टै हुन्छ । रङ्ग चारैतिर हावामा उडिरहेको हुन्छ, हरेक छतबाट लोलाको हनाहान हुन्छ मानौ निशानेबाजी चल्दैछ चुकेमा तक्मा छुट्छ, वालवालिकाहरु पिच्कारीको माध्यमद्वारा एकअर्कालाई रङ्गयाउनमा व्यस्त हुन्छन, युवाहरु आफ्नै समुह बनाइ मुखभरी विभिन्न आकृती बनाई टोल टोल र्छिछन्, सडकमा निस्किन सबैलाई आग्रह गर्दै पर्वको शुभकामना साटासाट गरिरहेका हुन्छन् ।

के तपाईं हामीले ख्याल गरेका छौ कतै हामीले प्रयोग गर्ने गरेको रङ्गले हाम्रो स्वास्थ्यमा कतै हानी पु¥याईरहेके त छैन् ?

रङ्ग अनी रसायन : होली भनेको रङ्ग र रङ्ग भनेको नै होली । ंहोली पर्वको परीपुरक नै बनिसकेको छ रङ्गको प्रयोग । तर त्यही प्रयोग हुने रङ्ग अप्राकृतिक हुने तथा त्यसमा बिभिन्न किसिमका रसायनहरु मिसिएका हुनाले स्वास्थ्यको हिसाबले अत्यन्त हानिकारक हुन्छ । रङ्गहरुमा बिशेष गरी अम्ल, मिका, सिसाको धुलो तथा अन्य विभिन्न रसायनहरु मिसिएको हुन्छ जसको सेवन वा शरीरमा प्रवेशले छालाजन्य रोगहरु लाग्ने, दागहरु बस्ने, चिलाउने, आदी रोग लाग्दछन् ।

विभिन्न प्रकारका रङ्ग तथा त्यसमा प्रयोग हने रसायनको स्वास्थ्यजन्य समस्याहरु
रङ्ग                            पाईने रसायन                                                            स्वास्थ्यमा देखिने असर
कालो      लेड अक्साइड (सिसाको प्रयोग)                   श्रवण शक्ति गुम्ने, मृगौलामा असर पुग्ने, स्मरण शक्ति कमजोर हुने, रक्त प्रणालिमा असर पुग्ने, आदि ।
हरियो           कप्पर सल्फाइट                                       अन्धोपना हुनसक्ने, आँखाको एलर्जी, पेट दुख्ने तथा स्नयू प्रणालीमा असर पुग्ने
पर्पल (प्याजी रङ)   क्रोमियम आयोडाइड                                विभिन्न खाले एलर्जी तथा दमखोकी पनि हुनसक्ने
सिल्भर     एल्मुनियम ब्रोमाइड                                                               क्यान्सरजन्य रोगहरु
रातो            मर्करी सल्फाइट                             स्नायू प्रणाली, पाचन प्रणली, स्वासप्रश्वास प्रणाली लगायत मृगौला तथा फोक्सोमा असर पुग्ने आदी

श्वास फेर्दा वा खाना मार्फत यि रसायनहरु मानिसको शरीरमा रगत हुदै रक्त नलिमा पुग्दछ र हड्डीमा जम्मा भई अरु अङ्गहरुलाई हानी पु¥याउँछ । यदी वालवालिकाहरु रसायनको सम्पर्कमा आएका रक्त कोषिकाको उत्पादनमा कमी गर्ने, हाडलाइ कमजोर बनाउनाका साथै शारिरिक तथा मानसिक विकासमा अवरोध लेराउँदछ ।
कालो रङ्गमा प्रयोग हुने रसायन ल्ोड (सिसा) विभिन्न स्रोतहरुबाट श्वासप्रश्वास, खानासेवन तथा छालाको माध्यमद्वारा हाम्रो शरीरमा प्रवेश गरी स्वास्थ्य समस्या निम्त्याउने गर्दछ । रक्तनलीमा लेडले रातो रक्त कोषिकाहरुलाई मार्दछ । फलस्वरुप विभिन्न अङ्ग तथा तन्तुमा रगतको कमी भै आवश्यक अक्सिजन पुग्न सक्दैन् । लेडले मस्तिष्क र स्नायु प्रणालकिो विकासमा अवरोध पु¥याउँछ । रक्तअल्पता यसको साधारण लक्षण हो । अरु लक्षणहरु जस्तै ःटाउको दुख्ने, सिक्ने क्षमतामा ह्रास आउने, दिमागी सन्तुलन बिग्रने, शरीर वृद्घिमा कमी आउने, व्यहोरामा परिवर्तन आउने, श्रवण शक्ति गुम्नाका साथै अचेत अवस्थामा पुग्ने पनि देखिन्छ । लगातार लामो समयसम्म लिडको सम्पर्कमा आयो भने यसले मृर्गौलाको कार्यमा असर पु¥याउँछ । नपुंसक बनाउन सक्छ । लेड अत्याधिक मात्रामा बिषालु हुने भएकोले केवल एक डोज लेडको सेवनले पनि धेरै रोगका आकस्मिक लक्षणहरु देखा पर्न थाल्दछन् । लेडको कारणले हुनसक्ने अन्य रोगहरु जस्तै पाचन प्रणालीमा असर पर्ने, रक्तचाप बढ्ने, स्मरणशक्ति गुम्ने, मृगौलामा खराबी आउने, दिमागमा असर पुग्ने, मांशपेशी तथा जोर्नी दुख्न,े नशामा असर पुग्ने तथा मांशपेशीबीच समन्जस्यता बिग्रने आदी ।

रातो रङ्गमा प्रयोग हुने रसायन मर्करी वातावरणमा विभिन्न जीवाणुहरुसँग मिलेर परिवर्तन हुने सबै भन्दा खतरनाक रसायन हो र यो एकपटक हावा, पानी, तथा माटोमा मिसिएपछि धेरै समयसम्म एक अवस्थाबाट अर्कोमा परिणत भई वातावरणलाई लामो समयसम्म प्रदूषित गरिराख्ने तथा वातावरणमा भएका अन्य जिवजन्तुलाई समेत असर गर्दछ । विश्व स्वास्थ्य संगठन अनुसार मर्करीले स्नायू प्रणाली, पाचन प्रणाली, स्वासप्रश्वास प्रणाली लगायत मृगौला तथा फोक्सोमा असर पु¥याउँदछ । यसले सुन्ने र हेर्ने शक्तिमा ह्रास ल्याउनुको साथै बच्चाहरुको बौद्घिक एवं शारीरिक विकासमा समेत असर गर्दछ । सबभन्दा आश्चर्यको कुरा के छ भने मर्करी हाम्रो शरीरको रोगसँग लड्ने क्षमताको सबैखाले प्राकृतिक बाधा जस्तैः गर्भनाल, मष्तिस्क रक्त कोशिका तथा छालालाई पार गरेर हाम्रो शरीरलाई हानी पु¥याउँदछ । यसका अन्य असरहरुमा रिसाउने, लजाउने, काप्ने, हेर्ने र सुन्ने शक्तिमा नकारात्मक परिवर्तनको साथै स्मरण शक्ति सम्बन्धी समस्या, वाकवाक लाग्ने, रक्तचाप तथा छातिको धडकन बढ्ने, छालामा दाग तथा आँखा पाल्ने जस्ता रोगहरु देखापर्दछ ।
होलि पर्वको मौकामा प्रयोग गरिने रङ्गहरुमा स्वास्थ्यको हिसाबले अत्यन्त हानिकारक रसायनहरु मिसिने भएकोले एकपटक सोच्नपर्ने अवस्था आइसकेको छ । रसायनयुक्त रङ्गको सट्टामा बैकल्पिक अवस्थाको पहिचान गर्न अत्यन्त आवश्यक छ र सकेसम्म कम रङ्गको प्रयोग गर्न गराउनहुन पनि सबैमा सन्देश दिन चाहन्छु ।

हाल नेपालीबजारमा पाईने विभिन्न रङ्गहरुमा अत्यधिक मात्रामा लिड (सिसा) पाईने गरेको र होलीका दिनमा बालबालिकाहरुले अनुहारमा लगाउने गरेको सिल्भर तथा गोल्डेन रङ्गहरुमा पनि अत्यधिक लिड (सिसा) पाईएको हुनाले सबै अभिभावकहरुलाई पनि यसको बारेमा आ आनो बालबालीकहरुलाई यस्ता रङ्गहरु मुखमा लगाउनबाट रोक्नु एकदमै जरुरी रहेको छ ।

यसका साथै हामीले दैनिक जिवनमा घर, भवन, फर्निचर तथा स्कूलआदि रङ्गाउन नेपाली बजारमा पाईने विभिन्न लेड (सिसा) र मर्करी (पारो) नमिसाईएको लोगो राखिएको रङ्गहरुमात्र प्रयोग गर्नुभै आफु र आना वालवालिकाको स्वास्थ्य बचाउँनुहुन सबैमा अनुरोध पनि गर्दछु ।

रसायनयुक्त रङ्गले शरीरमा असर गर्न नदिन अपनाउन सकिने केही उपायहरु ः

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्