आप्रवासीको समस्या समाधानका लागि पोर्चुगलमा सहायता कक्ष सञ्चालन

आप्रवासीको समस्या समाधानका लागि पोर्चुगलमा सहायता कक्ष सञ्चालन

युरोप । युरोपेली मुलुकमध्ये अहिले धेरै नेपालीको रोजाइ पोर्चुगल हुने गरेको छ । कारण हो अरु युरोपेली देश भन्दा पोर्चुगल नेपाली लगाएत आप्रवासीका लागि अलि बढी उद्धारतावादी देखिएको छ । पछिल्लो समय धेरै नेपालीहरु पोर्चुगल पुग्ने गरेका छन् । तर, यहाँको भौगोलिकता, भाषा लगाएत कागजी प्रक्रिया बारे राम्रोसँग ज्ञान नहुँदा धेरै नेपाली लगाएत आप्रवासीहरुले सास्ती बेहोर्नु परेको छ । नेपाली लगाएतका आप्रवासीको समस्यामा मलहम लगाउने काम अहिले पोर्चुगलमा स्थापना गरिएको सहायता कक्षले गरिरहेको छ । यसको स्थापना संगै धेरै भन्दा धेरै नेपाली लगाएत आप्रवासीले सास्ती पाउन बाट मुक्ति पाएका हुन् ।

कसरी भयो सहायता कक्षको स्थापना ?
नेपालमा सूचना प्रबिधि अध्यन गरेर स्वदेशमा नै केहि गर्छु भन्ने उद्देश्य राखेका बिक्की सुवेदी दशबर्ष अघि युरोप छिरे । युरोपको प्रचलित देश पोर्चुगल पुग्दा सुवेदीले सुरुवाती दिनमा धेरै समस्या भोगे।आफन्त को भरोसामा पोर्चुगल पुगेका सुवेदी उनै आफन्तको सहयोग पाउन बन्चित भएको बताउँछन् ।आफन्तले सहयोगको नाममा अन्तरघात गरे पछि बिचलित भए पनि हिम्मत भने नहारेको उनको अनुभव छ । उनी भन्छन् म भगवान मान्छु सम्झिए एउटा बाटो बन्द भएपनी अरु बाटो उनै भगवानले देखाउछन यहि आसा राखेर म आफ्नो कर्म गर्न थाले । ‘यो बिचमा कति समस्या र बाधा झेले भन्ने साध्य छैन त्यसैले एउटा अठोट गरे मैले जति दुःख भोग्नुपरे पनि अब आउने नेपाली दाजुभाइ तथा दिदीबहिनी लगाएत का आप्रवासीले मेरो जस्तो समस्या बेहोर्नु नपरोस म समाधानको सारथि बन्न सकु भन्ने सोचाइ आयो’ उनी भन्छन् ।
सहायता कक्ष अहिले नेपालीहरुको सहाराको सारथी मात्र होइन पोर्चुगलमा रहेका आप्रवासीको भरोसा बनेको छ । पर्याप्त पैसा कमाउने र पारिवारिक सम्पन्नतालाई मजबुद बनाउने उद्देश्यले विदेशिएका सुबेदि अहिले भने समस्यामा परेका नेपालीहरुका साथै अन्यका लागि समेत मलहम भएका छन् ।

पर्वत जिल्लाको कुस्मामा स्थायी घर भएका विक्की हालः युरोपियन मुलुक पोर्चुगलमा बस्छन् । शुरुमा रोजगारीको लागि पोर्चुगल छिरेका उनी अहिले नेपालीहरु मध्य सबैभन्दा कान्छा ब्यवसायीको रुपमा परिचित छन् । करिव एक दशकदेखि ब्यवसायमा सम्लग्न भएका उनले आफ्नो कृषि कम्पनी स्थापना गरेर संचालनमा ल्याएका छन् ।
उनले पोर्चुगलमा स्थापना गरेको “हेल्प डेक्स इन पोर्चुगल” नामक संस्था अहिले एकदमै चर्चामा रहेकोे छ किनभने नेपाली कामदारहरुका लागि अत्यन्तै सहयोगी त छदैछ साथै अन्य आप्रवासीको लागि समेत सो संस्थाले सहयोग गर्ने गरेको छ । रोजगारीको सिलशिलामा पोर्चुगल आएका र समस्यामा परेका आप्रबासीहरुका लागि यो संस्था सारथी नै बनेको त्यहा स्थायी रूपमा बसोबास गरिरहेका नेपालीहरुले नै बताउने गरेका छन् ।

एनआरएनए क्षेत्रिय समिति ओलेन्तेजो पोर्चुगलका उपाध्यक्ष समेत रहेका सुबेदिले हेल्प डेक्स इन पोर्चुगल संचालनमा ल्याएर अफ्ट्यारो परिस्थिति मा रहेका सम्पुर्ण आप्रवासीलाई सजिलो माध्यमबाट सेवा दिने गरेको बताए ।
पैसा कमाउने र सम्पन्न हुने र स्थायी रुपमा बसोबास गर्ने सपना बोकेर पोर्चुगल पुगेका विभिन्न देशका आप्रवासीहरु सुरुवाती दिनमा धेरै नै समस्या मा पर्ने गरेका छन ।कारण हो सहयोग गर्ने नाममा दैनिक रूपमा दलालले सिधा सोझा ब्यक्तिहरुलाइ सहजै फसाउने गरेका धेरै उदाहरण छन ।बिश्वास गरेर काम गरिदिने बहानामा धेरै नेपाली लगाएत आप्रवासीले दुख नपाउन भन्ने उदेश्य राखेर सुबेदीले हेल्पडेक्स इन पोर्चुगल को स्थापना गरेको बताए ।उनले सोही संस्था मार्फत उचित रकम लिएर सम्पुर्ण आप्रवासी को पेपर को काम गरिदिने गरेको बताए ।उनले भने संस्थाले कुनैपनि आप्रवासीलाई छुट्टाउदैन यहासम्म आएर संस्थालाई बिश्वास गरेर काम गरिदिन आग्रह गर्ने सम्पुर्णको काम सरल र सहज तरिकाले गरिदुन्छौ ।कसैलाई पनि समस्या नहोस भनेर नै हामिले सहायता कक्षको स्थापना गरेका हौ सबैलाई सम्मान भावनाले कदर गरेर काम गरिदिरहेका छौ र आगामी दिनमा अझै उद्वारताका साथ काम गर्ने जमर्को गरिरहेको उनको भनाइ छ ।युरोपको सेन्जेन देशहरु मध्ये पोर्चुगल आप्रबासी मामिलामा अलि उदार देश मानिन्छ । जसका कारणले पनि नेपालीहरु लगाएत अन्य देशहरुका ब्यक्तिहरुको रोजाई यो देश हुने गरेको छ ।त्यसैले अहिले धेरै आप्रवासीको चाप बढेको सुबेदिले बताए ।

पोर्चुगलमा सबैभन्दा ठूलो समस्या भाषा रहेको छ । यहाँका हरेक कार्यालयहरुमा भाषा नजान्नेहरुका लागि कुनै पनि काम गर्न सहज छैन । पोर्चुगिसहरु आफ्नो भाषा प्रति ज्यादै कठोर हुन्छन् । कुनै पनि कामका लागि उनीहरु भाषा जान्ने लिएर आउन वा सिकेर आउन सुझाब दिन्छन् ।
अर्कोतिर आप्रबासीहरुले मिलाउनु पर्ने कागजी प्रकृया जथाभावि हुनाले समेत धेरैलाई समस्या पर्ने गर्दछ । कतिपयले नजानीकनै विभिन्न कुरा बताईदिने र सोही अनुसार आप्रबासीहरुले काम गर्ने कारण धेरैले समस्या भोग्नु नपरोस भनेर नेपाली तथा आप्रबासीहरुलाई सक्दो सहयोग ‘हेल्प डेक्स इन पोर्चुगल’ ले गरिरहेको छ ।हेल्प डेक्स इन पोर्चुगल’को स्थापना भए पछि आप्रबासीहरुका लागि डकुमेण्टेशन तथा पोर्चुगलका विभिन्न सरकारी निकायहरुमा पर्ने समस्यालाई न्यूनिकरण र समाधान गर्न यो संस्थाले चौबीसै घन्टा सेवा दिने गरेको छ ।

प्रबेशको वातावरण बनाउन लिगल इन्ट्री लिने
फिानान्सका सोसल अफिसका सम्पूर्ण कामहरु सहज रुपमा गराउने , बसोबास अनुमति तथा कार्डका लागि सेफ इन्ट्री गर्ने लगाएत परामर्शदाताहरु लगायतको सेवा प्रदान गर्दै आएको सुबेदिले बताए ।यदि कोही पनि नेपालीहरु पोर्चुगल आउदै हुनुन्छ भने एकपटक हेल्प डेक्स इन पोर्चुगल संग समन्वय गरेर मात्र आउन उनले सुझाव दिए ।किनभने यहाँ आइसकेपछी समस्यामा पर्नु भन्दा आउनु अगाडि सम्पुर्ण प्रक्रिया बुझाउन समेत हेल्पडेक्स ले सहयोग गर्दै आएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्