विराटनगरमा होली पर्व : अन्तरधार्मिक मिलन र सद्भाव

विराटनगरमा होली पर्व : अन्तरधार्मिक मिलन र सद्भाव

सुजता लिम्बु
विराटनगर । विविध जातजाति, भाषा, धर्म र संस्कृतिको साझा फुलबारी रहेको नेपाल कला र संस्कृतिले धनि मानिन्छ । जहाँ सबै जातजातिको संस्कार अनुसार विभिन्न चाँडपर्वहरु मनाइने गरिन्छ । ती मध्ये विशेषरुपमा मनाइने होली पर्व प्रत्येक वर्षको फाल्गुण शुक्ल पक्षका दिन मनाइन्छ । पहडा र तराईमा फरक दिनमा मनाइने होली पर्व दुवै क्षेत्रमा एकआपसमा सद्धभावका साथ धुमधामले मनाइने गरिन्छ ।

माया प्रेम र सद्धभाव साथै हर्ष उल्लास र उमङ्ग झल्काउने होली एकअर्कालाई विभिन्न रंगहरु दलेर मनाइने गरिन्छ । सोमबार उपत्यका, पहाडमा र मंगलबार तराईमा होली मनाइरहँदा विराटनगरमा यसको झल्को भिन्न हुने गरेको छ ।

होलीमा प्रयोग गर्ने रंग, पुजाका सामाग्री किनमेलका लागि बजारमा ग्राहकको भीडभाड बढेको छ । यो पर्वलाई कसरी मनाउने भन्ने पनि तयारी उत्तिकै छ । फागुन २३ गते तराईमा होली पर्व मनाइने भएपनि विराटनगरको विभिन्न स्थानहरुमा भने केही दिन अगाडी देखि नै शुभकामना आदनप्रदानको कार्यकम्र आयोजना गरेर होली पर्व मनाउँदै आइरहेका छन् । यस्तै महेन्द्र मोरङ क्याम्पसमा अनेरास्ववियूको होली लक्षित कार्यक्रममा भेटिएका विराटनगरका युवा नेता ओसिम आलम आफू मुस्लिम समुदायको भएपनि नेपालमा मनाइने सबै खालको पर्व सद्धभावका साथ मनाउँदै आइरहेको बताउछन् । त्यसमा पनि होली पर्व आफैमा उल्लासको प्रतिनिधित्व गर्ने भएकाले एकअर्कामा शुभकामना आदनप्रदान गरेर रंग दलेर मनाउने गरेको उनी सुनाउछन् ।

‘म मुस्लिम समुदायको हुँ, तर नेपालमा मनाइने सबै खालको पर्व मनाउदै आइरहेको छु, हामीले मनाउने पर्वले एकअर्को संस्कार र संस्कृतिसँग जोड्ने भएकाले म सबै पर्वलाई सद्धभावका साथ मनाउदै आइरहेको हँु’ उनले भने,‘ त्यसमा पनि होली आफैमा रंगको पर्व हो, यो पर्वले थप प्रेम सद्धभाव बाँड्ने गर्दछ ।’ वर्षेनी आफ्नो घरैमा सबै साथीभाईहरुलाई निमन्त्रणा गरेर शुभामना आदानप्रदान गर्दै रंग दलेर मनाउदै आइरहेको उनले बताए ।

ईद पर्वमा पनि धर्म र समुदायले विशेष चासो र सद्धभाव राख्दै शुभकामना व्यक्त गर्ने हुँदा आफू पनि हिन्दुहरुको महान पर्व दशैँ, तिहार, किराँतहरुको उधौली उभौली पर्व मनाउने गरेको उनी बताउछन् ।
यता, किराँत याक्खा छुम्माका कोषाध्यक्ष शर्मिला देवान पनि होली याक्खा समुदायको विशेष पर्व नभए पनि सद्धभावका साथ मनाउने गरेको बताउछिन् । साथीभाई मिलेर शुभकामना आदनप्रदान गर्दै होली पर्व मनाउदै आएको बताउने उनी यो वर्ष पनि सँधैको झैँ साथीभाई जमघट, रंग दलेर मनाउने योजना रहेको उनले बताइन् । ‘नेपाल बहुजाति, बहुभाषी भएकाले सबैले मनाउने पर्वलाई समनारुपले लिएर सद्धभावका साथ मनाउदा समाजमा राम्रो सन्देश जान्छ’ उनले भनिन्–तराईमा बसोबास गर्ने भएकाले आफूहरुको उधौली, उभौली पर्वमा पनि अन्य समुदायहरुले सहभागी जनाउनका साथै शुभकामना दिँदै आएकाले सबै चाँडपर्वलाई अपनत्व र एकताको मन्त्र सम्झेर आफूहरुले धुमधामका साथ होली पर्वलाई पनि मनाउदै आइरहेको बताउँछिन् । यस्तै विराटनगर–११ का कृषल आले पनि परिवार साथीभाईको साथमा उल्लासमा होली मनाउने गरेको बताउँछन् ।

एकआपसमा मिलन र प्रेमको भाव प्रकट गर्ने रंगको पर्व होली विविध समुदायलाई एउटा शुत्रमा बाँध्न थप मद्दत पुग्ने बताउँछन् । जनकपुरका रुपेश दास अध्ययनका शिलशिलामा विराटनगर आएका हुन् । होली नजिकिएसँगै परिवारको साथमा पर्व मनाउने योजनामा रहेको बताउने उनी आफूहरुको समुदायका लागि होली पर्व विशेष रहेको बताउछन् ।

सबै जाति र धर्मलाई समेट्ने होली पर्व तराईका लागि मात्रै विशेष जस्तो देखिएपनि एकले अर्कोलाई सामिप्यतामा ल्याउने माध्यम बनेको छ । धार्मिक विविधतालाई एकतामा बाँध्ने र फरक धर्मप्रति सहिष्णुता दर्शाउने नेपालीपन परम्परादेखि नै चल्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्