भैरव गणद्धारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

<span class='c1'>भैरव गणद्धारा निःशुल्क</span> <span class='c2'>स्वास्थ्य शिविर सञ्चालन</span>

विराटनगर । ‘सेना दिवस–२०८१’ को अवसरमा नेपाली सेनाको भैरव गणले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

भैरव गण थलाह विराटनगरको आयोजनामा विराट नर्सिङ होम, रामलाल गोल्छा आँखा अस्पताल फाउण्डेसन, सुनवर्षी नगरपालिका र विभिन्न संघ–संस्थाहरुको सहकार्यमा आज (सोमबार) एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

शिविरमा स्त्री रोग, जनरल, बालरोग, छाला रोग र आँखा रोग सँग सम्बन्धि विशेष चिकित्सकहबाट चेक जाँच गरिएको थियो । भने, शिविरमा उपस्थित बालबालिकाहरुलाई स्टेशनरीका सामाग्री समेत वितरण गरिएको श्री भैरव गणका गणपति प्रमुख सेनानी अशिम श्रेष्ठले जानकारी दिए ।

सुनवर्षी नगरपालिकाका नगरप्रमुख श्याम प्रसाद राजवंशीको उपस्थितिमा भएको स्वास्थ्य शिविरमा ४ सय ५७ जनाले स्वास्थ्य जाँच गराएका थिए । जसमा २ सय ५० जना आँखाको र २०७ जनाले अन्य रोगको चेकजाँच गराएको प्रमुख सेनानी श्रेष्ठले जानकारी दिए । उनको अनुसार १८ जना मोतिबिन्दुको शल्यक्रियाका लागि गोल्छा आँखा अस्पताल लगिएको छ । मोतिबिन्दुको बिरामीको शल्यक्रिया रामलाल गोल्छा आँखा अस्पताल फाउण्डेसको सहकार्यमा
निःशुल्क शल्यक्रिया गरिने प्रमुख सेनानी श्रेष्ठले बताए ।

यस्तै १६ जना आँखाको बिरामीहरुलाई चस्मा समेत वितरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्