को हुन् राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेल ?

<span class='c1'>को हुन् राष्ट्रपतिमा निर्वाचित</span> <span class='c2'>रामचन्द्र पौडेल ?</span>

विराटनगर । विद्यार्थी राजनीतिदेखि उदाएका रामचन्द्र पौडेल वी.पीं कोइरालाको सान्निध्य र त्यागबाट राजनीतिमा प्रभापित भएका थिए । पञ्चायत विरोधी आन्दोलनमा लागेका कारण १३ वर्ष जेल जीवन भोगेका पौडेल प्रतिनिधिसभाको सभामुख, सरकारको उपप्रधानमन्त्री समेत सम्हालिसकेका छन् ।

उनले २०४८को संसदीय निर्वाचनमा तनहूँ क्षेत्र नं. १ बाट र २०५२ तथा २०५६ का निर्वाचनमा तनहूँ क्षेत्र नं. २ बाट, संविधानसभा निर्वाचन २०६४ मा तनहूँ क्षेत्र नं. २ बाट विजय हासिल गरेका थिए । पछिल्लो पटक उनी तनहुँबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । दोस्रो संविधानसभा निर्वाचनमा भने उनी पराजित भएका थिए ।

शान्ति तथा पुनर्निर्माण मन्त्री र उपप्रधानमन्त्री लगायत विभिन्न मन्त्रालय सम्हालिसकेका पौडेलले पार्टी मुखपत्र नेपाल पुकारको सम्पादकको समते भूमिका निर्वाह गरिसकेका छन् । प्रतिगमन विरोधी आन्दोलनमा अग्रपंक्तिमा रहेका पौडेल एक वर्षसम्म नजरवन्दमा समेत परेका थिए ।
अध्ययनमा विशेष रुचि राख्ने पौडेलका प्रजातान्त्रिक समाजवाद, नयाँ सन्दर्भमा समाजवाद, आस्थाका यात्रा लगायत आधा दर्जन कृतिहरू प्रकाशित छन्।

प्रजातन्त्रप्रतिको निष्ठा र जनतासँगको अटुट लगावले आफूलाई विजयी बनाएको बताउने पौडेल संविधानसभामा गणतन्त्र संस्थागत गर्ने तथा लोकतन्त्र, मानव अधिकार र प्रेस स्वतन्त्रताको वकालत गर्ने विषयलाई प्रमुखताका साथ उठाउने अठोट व्यक्त गर्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्