अफगानिस्तानको बाल्ख गभर्नरको आफ्नै कार्यालयमा भएको विस्फोटमा मृत्यु

अफगानिस्तानको बाल्ख गभर्नरको आफ्नै कार्यालयमा भएको विस्फोटमा मृत्यु

उत्तरी अफगानिस्तानको बाल्खमा तालिबानद्वारा नियुक्त गभर्नरको आफ्नै कार्यालयमा भएको विस्फोटमा मृत्यु भएको छ ।

बल्खको सुरक्षा विभागका प्रवक्ता मोहम्मद आसिफ वाजिरीले तालिबानद्वारा नियुक्त गभर्नर मोहम्मद दाउद मुजामिल उक्त विस्फोटमा मारिएको पुष्टि गरेका छन्। "आज बिहान करिब ९:०० बजे, बल्खका गभर्नर मोहम्मद दाउद मुजामिललाई विस्फोटक पदार्थ बोकेका एक व्यक्तिले आत्मघाती विस्फोट गराउँदा गभर्नर सहित दुई नागरिकसहित मारिएका छन् "। त्यसैगरी विस्फोटबाट अन्य चारजनाको मृत्यु भएको छ जसमा तीन सैन्य सदस्य र एक सर्वसाधारण नागरिक रहेको बुझिएको छ ।

यसैबीच इस्लामिक इमिरेट्सका प्रवक्ता जबिउल्लाह मुजाहिदले पनि ट्वीटरमा प्रान्तीय गभर्नरको हत्याप्रति दुःख व्यक्त गरेका छन्।

बल्खको सुरक्षा विभागको विज्ञप्तिमा भनिएको छ - आत्मघाती भेस्ट लगाएका एक व्यक्तिले प्रान्तीय गभर्नरको कार्यालय नजिकै दोस्रो तलामा आफूलाई विस्फोट गराई उक्त हत्या गरेको टोलो न्युजले जनाएको छ । रासस/एएनआई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्