विश्वकप लिग-२ : पीएनजी ९५ मा अलआउट, सन्दीपको पाँच विकेट

<span class='c1'>विश्वकप लिग-२ : पीएनजी ९५</span> <span class='c2'>मा अलआउट, सन्दीपको पाँच विकेट</span>

काठमाडौँ । आइसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गत पपुवा न्युगिनीले नेपालसामु जितका लागि ९६ रनको लक्ष्य प्रस्तुत गरेको छ । सन्दीप लामिछाने एक्लेले पाँच विकेट लिएपछि पपुवा न्युगिनीको पारी ९५ रन समेटियो ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज नेपालले टस जितेर पपुवा न्युगिनीलाई ब्याटिङ गर्ने निम्तो दिएको थियो । पपुवा न्युगिनीले निर्धारित ५० ओभरको खेलमा ३२ ओभर खेल्दै सबै विकेट गुमाएर मात्र ९५ रन बनायो । पपुवा न्युगिनीका ब्याटर नेपाली बलरसामु निरीह साबित भए ।

पपुवा न्युगिनीले सुरुआतमै महत्वपूर्ण दुई विकेट गुमाएको थियो । हिरी हिरी, सेसे बाउ, कप्तान असाद भाला र चाल्र्स अमिनीले केही हदसम्म पारी सम्हाल्ने प्रयास गरे । तर नेपाली बलरले उनीहरुलाई खुलेर खेल्न दिएनन । भालाले २०, बाउले १८, अमिनीले १६ तथा हिरीले १४ रन बनाए । अन्य ब्याटरले उल्लेख्य रन बनाउन सकेनन ।

बलिङतर्फ नेपालका लागि लामिछानेले पाँच विकेट लिए । उनले १० ओभर बलिङ गर्ने क्रममा एक मेडन राख्दै २५ रन मात्र खर्चे । यस्तै ललितनारायण राजवंशी र कुशल मल्लले दुई तथा सोमपाल कामीले एक विकेट लिए ।

नेपाल केहीबेरमा जवाफी ब्याटिङ गर्ने तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्