एकाउन्न वर्ष अगाडिको ‘टिकुली ट्याक’ नयाँ स्वरूपमा

<span class='c1'>एकाउन्न वर्ष अगाडिको ‘टिकुली</span> <span class='c2'>ट्याक’ नयाँ स्वरूपमा</span>

काठमाडौं । वरिष्ठ गायक तथा सर्जक नवीनकिशोर राईले विसं २०२८ मा तयार गर्नुभएको ‘टिकुली ट्याक’ बोलको गीत नयाँ स्वरूपमा तयार गरेर सार्वजनिक गरिएको छ । एकाउन्न वर्षपछि पुनः रेकर्ड गरिएको गीतमा रमेश प्रसाईंको स्वर रहेको छ । सोमबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै गीतको भिडियोसमेत सार्वजनिक गरिएको छ ।

कलाकार दीपक आचार्य (काकु) ले निर्देशन तथा निर्माण गर्नुभएको गीतको भिडियोमा हरिश निरौला, प्रियना आचार्य, पुष्पराज ओझा, तुलसी घिमिरे, गरिमा शर्माले अभिनय गर्नुभएको छ । भिडियोमा सुबोल थापाले कोरियोग्राफी र पवन सुस्लिङले छायाङ्कन गर्नुभएको छ । सङ्खुवासभा, तेह्रथुम र धनकुटामा छायाङ्कन गरिएको भिडियोले मौलिकतालाई समेटेको निर्देशक अचार्यले जानकारी दिनुभयो ।

“पुरानो परिवेश देखाउनुपर्ने भएकाले काठमाडौँ बाहिरको स्थललाई ध्यान दिएका हौँ । गीतलाई पुरानै शैलीमा प्राविधिकरूपमा नयाँपन दिएका मात्र हौँ”, निर्देशक आचार्यले भन्नुभयो, “गोठालो, हलीलगायतका दृश्यले भिडियोमा मौलिकताको आभास दिलाउनेछ । गीतमार्फत पुराना सर्जक नयाँ पुस्तामा पुग्नु हुनेछ भन्ने विश्वास छ ।”

सयबढी गीत गाउनुभएका राईले ‘टिकुली ट्याक’ जीवनकै पहिलो गीत रहेको जानकारी दिनुभयो । “मैले ३० वर्षदेखि गीत गाएको छैन । स्वास्थ्यले साथ नदिएपछि गीत गाउन छाडे तापनि सिर्जनाबाट टाढिएको छैन”, गायक राईले भन्नुभयो, “रेडियो नेपालमा रेकर्ड भए तापनि अफिसियलरूपमा कुनै पनि माध्यममा नराखिएकाले दर्शक तथा स्रोतालाई यो अवश्य नयाँ लाग्नेछ ।” निर्देशक आचार्यसहितको टिमले गीतलाई नयाँ स्वरूपमा ल्याउने अनुमति मागेपछि खुसीसाथ सहकार्य गर्न तयार रहेकोसमेत उहाँले बताउनुभयो । गायक राईले भन्नुभयो, “मेहनत गरेर भिडियो पनि बनाउनुभएको छ । हेर्दा आनन्द लाग्यो ।”

भिडियोबाट हुने आम्दानीको केही प्रतिशत १४ अनाथ बालबालिका आश्रित अन्तर्दृष्टि नेपाललाई प्रदान गरिनेसमेत कार्यक्रमका निर्देशक आचार्यले जानकारी दिनुभयो । संस्थाद्वारा आयोजित पत्रकार सम्मेलनमा नेपाल सिलाइ तथा कपडा व्यवसायी सङ्घ काठमाडौँको तर्फबाट रु पाँच हजार, गायक राईका तर्फबाट रु पाँच हजार एक सय, प्रोडक्सन कम्पनीको तर्फबाट रु १० हजार र गायक राईका बहिनीद्वय एशोधा राई र रिना राईका तर्फबाट रु चार हजार दुईसय रुपैयाँ नगद सहयोग गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्