लागुऔषध कारोबारीसँग नक्कली नोट

लागुऔषध कारोबारीसँग नक्कली नोट

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका–४ बाट नेपाली नक्कली रुपिँयासहित दुई लागुऔषध कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ । प्रतिबन्धित लागु औषध ब्राउन सुगर कारोबारीलाई पक्राउ गर्न गएको प्रहरीले नक्कली नोट समेत बरामद गरेको हो ।

बिशेष सुचनाको आधारमा प्रहरी चौकी बिर्ताबजारबाट बुधबार बेलुका खटिएको टोलीले बिर्तामोड–४ का सुवास ताजपुरियाको घर कोठा खानतलासी गर्दा ४ ग्राम ३९० मिलिग्राम ब्राउन सुगर, नाईट्राजेपान २८ ट्यावलेट बरामद गरेको थियो । त्यस क्रममा नक्कली नेपाली नोट हजार रुपैयाको ८८ थान, पाँच सयको २ थान, अष्ट्रेलियन नोट एक सयको ३ थान, अन्य देशहरुको नोट ११ थान, सक्कली नेपाली रुपैया ३ हजार र मे.५ प.९७९७ नम्वरको मोटरसाईकल बरामद भएको हो ।

प्रहरीले २४ बर्षीय सुवास ताजपुरिया र उनको भाई १९ बर्षीय प्रविण ताजपुरीयालाई पक्राउ गरेको छ । लागुऔषध ब्राउन सुगर र नक्कली नोट सहित पक्राउ परेका दुवै जनाको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्