उपराष्ट्रपति चयनका लागि मतदान सुरु

उपराष्ट्रपति चयनका लागि मतदान सुरु

काठमाडौँ । उपराष्ट्रपति चयनका लागि नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा मतदान सुरु भएको छ ।

बिहान १० बजेबाट सुरु भएको मतदान प्रक्रिया दिउँसो ३ बजेसम्म चल्नेछ । निर्वाचनका लागि जनता समाजवादी पार्टी नेपालबाट उम्मेदवार बनेका रामसहाय यादव र नेकपा एमालेबाट उम्मेदवार बनेकी अष्टलक्ष्मी शाक्य मतदान स्थलमा पुगिसकेका छन् ।

उपराष्ट्रपति पदमा नेकपा एमालेबाट शाक्य, सत्ता गठबन्धनको साझा उम्मेदवारको रूपमा जनता समाजवादी पार्टी, नेपालबाट यादव, जनमत पार्टीबाट ममता झा र जनता समाजवादी पार्टी, नेपालबाट नै प्रमिलाकुमारी उपराष्ट्रपति पदको उम्मेदवार छन् ।

यद्यपि प्रमिला कुमारीले भने आफ्नो उम्मेदवारी निष्क्रिय बनाएको घोषणा गरिसकेकी छिन् ।

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार नै नतिजा आउने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्