सुनको मूल्यले हालसम्मकै उच्च बिन्दुमा

सुनको मूल्यले हालसम्मकै उच्च बिन्दुमा

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै उच्च बिन्दुमा पुगेको छ।

तोलामा दुई हजार ९०० रुपैयाँले बढेर सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको छ । अन्तर्राष्ट्रिय बजारमा बढ्दो अस्थिरता, बेरोजगारीलगायतका कारण सुनको मूल्य बढेको हो । मूल्य अझै बढ्न सक्ने सङ्केत देखिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि छापावाल सुनको भाउ प्रतितोला एक लाख १० हजार रुपैयाँ तोकिएको छ। यस्तै तेजाबी सुन पनि तोलामा दुई हजार ९०० ले बढेर १ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको छ।

शुक्रबार सुनको मूल्यले प्रतितोला ५०० रुपैयाँले बढेर एक लाख ७ हजार १०० रुपैयाँ र तेजावी सुन तोलाको एक लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

यता तुलनामा आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेर तोलाको एक हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार ५ रुपैयाँले बढेर १ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो।

यसभन्दा अघि २०७९ माघ १९ गते छापावाला सुन एक लाख ७ हजार ५०० पुगेर नयाँ रेकर्ड बनाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्