इक्वेडर भूकम्प: सोह्र जनाको मृत्यु, चार सय घाइते

इक्वेडर भूकम्प: सोह्र जनाको मृत्यु, चार सय घाइते

शनिवार मध्याह्नतिर पेरु र इक्वेडरमा भएको शक्तिशाली भूकम्पमा परी १६ जनाले ज्यान गुमाएका छन्भने चार सयभन्दा बढी घाइते भएका छन् । संयुक्त राज्य अमेरिकाको भूगर्भ सर्वेक्षण विभागले दक्षिणी इक्वेडरमा गएको ६.८ म्याग्निच्युडको भूकम्प भएको जनाएको छ ।

इक्वेडरको मचला र कुएन्का शहरका भवन भत्केका छन्भने भत्केका भवनका भग्नावशेषमा सवारी साधन पुरिएका छन् । केही सवारी साधन कुच्चिएका छन् । कम्पबाट भयभीत बासिन्दा सडकमा दौडिएका थिए । एल ओरो प्रान्तमा११ जनाको मृत्यु भएको जनाइएको छ । भवनको पर्खाल भत्केर कारमा खस्दा त्यसमा सवार एक जनाको घटनास्थलमा मृत्यु भएको छ ।

इक्वेडरको सिमानामा रहेको पेरुको टुम्बेस शहरमा चार वर्षीया बालिकाको टाउकोमा इँटा लागेर मृत्यु भएको त्यहाँका अधिकारीले बताएका छन् ।

भूकम्प प्रभावित स्थानमा कोलाहाल मच्चिएको छ । भूकम्पको धक्का ग्वायाकिल, क्विटो, मनाबी र मान्तामा पनि महसुुस गरिएको थियो । रासस /एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्