विराटनगर । ओखलढुंगामा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई कालो झण्डा देखाइएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ र किराँत राई यायोख्खाले कोशी प्रदेश नामाकरण गरेको भन्दै विरोधस्वरुप कालो झण्डा देखाएका हुन् ।
सोमबार ओखलढुङ्गा नगरपालिका ११ गोरुमोरे भञ्ज्याङमा आयोजित कार्यक्रममा जाने क्रममा मुख्यमन्त्री कार्कीलाई पहिचानसहितको नामाकरण राख्न दवाव सिर्जना गर्दै विरोध प्रदर्शन गरिएको थियो ।
स्थानीय पत्रकार शिव ढुंगानाका अनुसार विरोधको कार्यक्रमका कारण दुई मिनेटसम्म मुख्यमन्त्री कार्की सवार गाडी रोक्नु परेको थियो ।