सुकुना क्यामपसमा स्ववियु सभापतिमा सन्तोष लिम्बू विजयी

सुकुना क्यामपसमा स्ववियु सभापतिमा सन्तोष लिम्बू विजयी

विराटनगर । मोरङको सुकुना बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा सन्तोष लिम्बू विजयी भएका छन । नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूका उनले १ हजार ३८२ मत ल्याएर विजयी भएका हुन् ।

उनका प्रतिद्वन्दी नेकपा एमाले निकट अनेरास्ववियुका मनोज काकीले ६५७ मत प्राप्त गरेका छन् । सचिवमा एमाले अनेरास्वयिुका एलिस ओझा १ हजार १४ मतका विजयी हुँदा नेविसंघका नीराजन धमलाले एक हजार ६ मत प्राप्त गरेका छन् ।

कोषाध्यक्षमा माओवादी निकट अखिल क्रान्तिकारीका सतिस कार्की निर्वाचित भएका छन् । सुकुना क्याम्पसमा एमाले अनेरास्ववियुका विरुद्ध चार दलीय गठबन्धन थियो । नेविसंघ, अखिल कान्तिकारी र समाजवादी विद्यार्थी युनियन अनेरास्ववियूका सन्तोष लिम्बूको नेतृत्वमा चुनावमा लडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्