कोशी प्रदेश माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोलाई ताप्लेजुङमा आक्रमण प्रयास

<span class='c1'>कोशी प्रदेश माओवादी संसदीय दलका नेता</span> <span class='c2'>इन्द्र आङ्बोलाई ताप्लेजुङमा आक्रमण प्रयास</span>

विराटनगर । कोशी प्रदेशका सांसद एवं माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोलाई ताप्लेजुङमा आक्रमणको प्रयास भएको छ । मंगलबार पाथीभरा बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा गठबन्धनको जित भएपछि खुसीयाली मनाउन ताप्लेजुङ पुगेका आङ्बोलाई जाँदाजाँदै पहिचान पक्षधरले आक्रमणको प्रयास गरेका हुन ।

कोशी प्रदेश नामकरण खारेजी संयुक्त संघर्ष समितिका मोर्चाले सांसद आङ्बोलाई कालो झण्डा देखाउनुका साथै उनी चढेको गाडी तोडफोड गरेको जनाइएको छ। पहिचान पक्षधरहरुले उनी चढेको गाडी पछ्याउँदै गरेको एउटा भिडियो सार्वजनिक भएको छ।

उक्त भिडियोमा उनको ज्यान मार्ने धम्कीसमेत दिएको सुनिन्छ। प्रहरीको स्कर्टिङमा भागेका आङ्बोको गाडी आर्मी क्याम्पतिर गएको दावी छ ।
नेकपा माओवादी केन्द्रको कोशी प्रदेशको प्रदेशसभा संसदीय दलको नेतासमेत रहेका आङ्बोले फागुन १७ गते एमाले काँग्रेससँगै ‘कोशी प्रदेश’मा मत दिएपछि आक्रोशित बनेका पहिचान पक्षधरले उनको विरोध गर्दै आइरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्