तिब्बतीलाई नागरिकता बनाएको आरोपमा सुन्दरहरैंचाका एकसहित पाँचजना पक्राउ

तिब्बतीलाई नागरिकता बनाएको आरोपमा सुन्दरहरैंचाका एकसहित पाँचजना पक्राउ

विराटनगर। नेपाली नागरिकता तिब्बती शरणार्थीलाई दिएको आरोपमा मोरङ सुन्दरहरैंचाका एकसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा कचनकवलका कृष्णबहादुर कटवाल, बबरमहल काठमाण्डौंका न्यूल्केश श्रेष्ठ, मोरङ सुन्दर हरैंचाका हिरालाल शिवाकोटी, तनहुँ शुक्लगण्डकीका लोप्साङ थिन्ले र ललितपुर गोदावरीका विजय लामालाई पक्राउ गरेको हो ।

उनीहरुलाई गत चैत ५ गते बबरमहलबाट पक्राउ गरिएको थियो । उनीहरुको साथबाट स्टाम्प, नगद रकम समेत प्रहरीले बरामद गरेको छ । यस्तै नागरिकता, मोवाइल समेत नियन्त्रणमा लिइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्