खोलाबाट गिट्टी चोरिरहेको अवस्थामा दुई सवारी नियन्त्रण

खोलाबाट गिट्टी चोरिरहेको अवस्थामा दुई सवारी नियन्त्रण

विराटनगर । मोरङ केराबारी गाउँपालिका–८ स्थित खदम खोलामा प्राकृतिक स्रोत दोहन गरिरहेको अवस्थामा दुईवटा दुईवटा सवारी प्रहरीले नियन्त्रणमा लिएको छ । मिक्स गिटी दोहन गरिरहेको अवस्थामा प्रदेश १–०२–००१ ख ९३८७ नम्बरको हाईवा र नम्बर नखुलेको स्काभेटरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

नम्बर समेत नखुलेको स्काभेटर प्रयोग गरेर गिटी उठाईरहेको सवारीलार्य इलाका प्रहरी कार्यालय केराबारीले बुधबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालले जानकारी दिएका छन् । नियन्त्रणमा लिइएका दुई सवारीलाई थप कारवाहीका लागि केराबारी गाउँपालिकाको कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्