पहिचानवादी पक्षधर आक्रामक : विरोधसभादेखि आम हड्तालसम्मको आन्दोलन

पहिचानवादी पक्षधर आक्रामक : विरोधसभादेखि आम हड्तालसम्मको आन्दोलन

विराटनगर । कोशी प्रदेशमा पहिचानवादीले थप आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । पहिचावादी संघर्ष समितिले गरेको आन्दोलनमा घाईते पदम लिम्बुको मृत्यु भएपछि शुक्रकार आकस्मिक बैठक बसेर थप आन्दोलनका कार्यक्रम घोषणा गरिएको हो ।

प्रदेश नंं १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति आपतकालिन बैठकले कोशी खारेजी गरी ऐतिहासिक पृष्ठभूमि र बहुपहिचानको आधारमा पुनः नामाङ्कनको माग सम्बोधन नगरुञ्जेल विरोधसभा र चक्काजाम सम्मका कार्यक्रम राख्ने निर्णय गरेका छन् ।

आन्दोलनमा घाईते भएर उपचारपछि मृत्युवरण गरेका पदम लिम्बू (लाजेहाङ) लाई राज्यले सहिद घोषणा गरी क्षतिपूर्ति नदिएसम्म मृतकको शव जिम्मा नलिने अडान पनि राखेका छन् । पहिचानवादीले शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप गर्दा एकजना नेताले सहादत प्राप्त गरेको उल्लेख गरेको छ । बैठकले मृतक परिवारलाई तत्कालका लागि प्रदेश नंं १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिको तर्फबाट आजै बेलुकीसम्ममा नगद एक लाख ५० हजार राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

संयुक्त राष्ट्रसंघ, मानवअधिकार आयोग, प्रधानमन्त्री, राजनीतिक दललाई ध्यानाकर्षण पत्र दिने पनि बैठकको निर्णय छ । बैठकले पदम लिम्बूको तस्बिर आजदेखि सहिदको रुपमा हरेक कार्यक्रममा सम्मानार्थ बोक्ने निर्णय पनि गरेको छ । बैठकले शुक्रबार साँझ ५ बजेदेखि ६ बजेसम्म प्रदेशका सबै जिल्ला र काठमाडौंमा विरोधसभा गर्ने निर्णय गरेको छ । चैत्र ११ गते दिउँसो १ बजेदेखि २ बजेसम्म प्रदेशको १४ वटै जिल्लामा चक्काजाम गर्ने निर्णय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्