आन्दोलनको नाममा अराजकता र आन्दोलन दबाउन बल प्रयोग दुवै गलत हो : नेता आङ्बो

आन्दोलनको नाममा अराजकता र आन्दोलन दबाउन बल प्रयोग दुवै गलत हो : नेता आङ्बो

विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आन्दोलनको नाममा अराजकता र आन्दोलन दबाउन बल प्रयोग दुवै गलत रहेको बताएका छन् ।

उनले आज पत्रकारसँग कुरा गर्दै यस्तो बताएका हुन् । उनले मधेस पछि पहिचानको आन्दोलन उठेको यो प्रदेशमा पहिचानको नामकरण नहुँदा असन्तुष्टि देखिनु स्वभाविक रहेको भन्दै उनले प्रदेशसभाको अंक गणितले तत्काल पहिचनसहितको नामकरण हुननसके पनि यही नाम अपरिवर्तनिय र अन्तिम नभएको बताए । ‘ संविधानपनि परिवर्तनिय छ भने प्रदेशको नाम अपरिवर्तनिय हुनै सक्दैन, उनले भने,‘पहिचन पक्षधरको प्रदेशसभामा बाहुल्यता हुँदा भोली पनि नाम परिवर्तन हुन्छ ।’

लामो समय प्रदेशको नामकरण नहुँदा त्यही बाहानामा प्रदेश र संघीयता माथिको प्रहार बढ्ने अवस्था रहेको भन्दै उनले त्यसलाई चिर्न कोशी नाम राखेर जान माओवादी पनि सहमति भएको दाबी गरे । संविधान जलाएका शक्तिहरु पनि अहिले संविधान मानेर नै आफ्नो मुद्दाहरु उठाइरहेको स्मरण गर्दै उनले आफ्ना मुद्दाहरुलाई शान्तिपूर्णरुपले उठाउन आन्दोलनकारीलाई आग्रह गरे ।

सरकारले आन्दोलनकारीलाई तत्काल वार्तामा बोलाएर उनीहरुको कुरा सुन्नुपर्ने उल्लेख गर्दै उनले छलफल नै हुन सक्दैन भन्नु जडता भएको टिपणी गरे । यसअघि प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुममार कार्कीले नामबारे छलफल समेत हुननसक्ने चर्को अभिव्यक्ति दिएका थिए । आखोलढुङ्गामा उनले दिएको सो अभिव्यक्ति लगत्तै उनी पहिचन पक्षधर बताउने समूहले आक्रमणको प्रयास गरेको थियो भने आङ्बो माथि पनि ताप्लेजुङमा आक्रमणको प्रयास भएको थियो ।

लिम्बूवान आन्दोलनको क्रममा घाइते भएका पदम लिम्बूको निधन प्रति दुख व्यत्तः गर्दै आङ्बोले उनलाई सहिद घोषणा गरी परिवारलाई राहत प्रदान गर्न सरकारसँग आग्रह समेत गरेका छन् । चैत्र ५ गते विराटनगरमा भएको प्रदर्शनको क्रमा घाइते भएका धरानका लिम्बूको गएराति विवि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको थियो । अर्को प्रशंगमा नेता आङ्बोले कोशी प्रदेशको सरकार तत्काल परिवर्तन हुने अवस्था नरहेको बताउदै माओवादीले तत्काल अन्य विकल्प बारे नसोचेको जानकारी दिए ।

केन्द्रमा र अन्य प्रदेशमा गठबन्धन परिवर्तन भए पनि यो प्रदेशको अवस्था भिन्न रहेको र सहजै नयाँ सरकार बन्ने अवस्था नरहेकाले माओवादीले तत्काल सरकार छोड्ने बारेमा नसोचेको उनको भनाई छ । प्रदेशसभा ५ वर्ष नै टिक्ने दाबी गर्दै आङ्बोले मध्यावधि निर्वाचन हुने प्रचार सतप्रतिसत झुठो रहेको बताए । प्रदेशमा मध्यावधिको सभावना र सरकार बनाउन सभामुख बाबुराम गौतमले राजिनामा दिने अवस्था कुनै नआउने जिकिर गर्दै उनले प्रदेशसभामा रहेको दलहरुको समझदारीबाट अहिलेको सरकारले निरन्तरता पाउने वा नया सरकार सहजै बन्ने अवस्था रहेको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्