विवादित स्थानमा हुने कार्यक्रममा प्रधानमन्त्री आउने हल्ला

<span class='c1'>विवादित स्थानमा हुने कार्यक्रममा</span> <span class='c2'>प्रधानमन्त्री आउने हल्ला</span>

विराटनगर । सुनसरीको बर्जु गाउँपालिका–५ स्थित एभरेष्ट साइन्स सेन्टरले आगामी चैत २९ गतेदेखि बैशाख २ गतेसम्म आयोजना गर्ने भनिएको एसटिएएन–इएससीएन राष्ट्रिय विज्ञान सम्मेलनमा प्रधानमन्त्री आउने चर्चा चलाइएपछि त्यसको आलोचना सुरु भएको छ । विवादित छवी भएका व्यक्ति र बैंक तथा वित्तीय संस्थाको कालो सूचीमा परेको सेन्टरमा आयोजना हुने कार्यक्रम उद्घाटन प्रधानमन्त्रीबाट हुने हल्ला चलेपछि त्यसको विषयमा नकारात्मक टिप्पणी सुरु भएको हो ।

प्रधानमन्त्रीले सार्वजानिक कार्यक्रममा सहभागी हुँदा त्यसको फाइदा व्यापारिक रुपमा लिन सकिने मनसाय राखेर हल्ला चलाइएको हुनसक्ने आरोप छ । यद्यपी प्रधानमन्त्री आउने-नआउने विषय अहिलेसम्म आधिकारिक कुनै धारणा भने सार्वजानिक भएको छैन । तर, धेरै हल्ला चलाएर कार्यक्रममा आयोजक, प्रायोजक जुटाउन सहज बनाउन खोजेको हुनसक्ने अनुमान गरिएको छ ।

चारदिने राष्ट्रिय विज्ञान सम्मेलनको आयोजनास्थल एभरेष्ट साइन्स सेन्टर नेपालका अध्यक्ष दिलिप अधिकारी बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको आरोप छ । उनी विरुद्ध २०७९ कार्तिक २ गतेको एउटा लेनदनेमा चेक अनादर गरेको भन्दै परेको कालोसूचीको मुद्दा बिचाराधिन रहेको छ । यसैगरी २०७६ पुस १७ गतेको अर्का सेवाग्राहीबाट कालोसूचीमै पारेका छन् । एभरेष्ट साइन्स सेन्टरका सञ्चालक समेत २०७७ मंसिर १५ गते नै कालोसुचीमा परेका थिए ।

एभरेष्ट साइन्स सेन्टरमा होटल बर्जु बेगास सञ्चालनका लागि खोटाङका प्रेम लामासँग सम्झौता भएको थियो । त्यहि क्षेत्रमा अध्यक्ष अधिकारीले २०७६ जेठ ३० देखि मेला आयोजना गरेका थिए । त्यस बखत प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँग १९ लाख ५५ हजार रुपिँया लिने सम्झौता भएको थियो । तर, उक्त रकम निकासा चलखेलबाट भएपनि अहिलेसम्म बुझाउनु पर्ने कागजात दाखिला नगरेको कारण बेरुजुमा देखिएको छ ।

एभरेष्ट साइन्स सेन्टरका अध्यक्ष अधिकारीले अहिलेसम्मको तयारी प्रधानमन्त्री ल्याउनेस्तरमा भईरहेको बताए । उनले प्रधानमन्त्री सचिवालयमा पत्र पठाएको भएपनि यकिन भईनसकेको बताए । नेपालका नेताहरुको अन्तिम समयमा कार्यक्रम स्थगीत हुन्छ, अधिकारीले भने–सबैतिरबाट स्रोत संकलन गरेर कार्यक्रम गर्न लागेका छौं । उनले स्थानीय पार्टीका नेताहरुलाई समेत प्रधानमन्त्री ल्याउने विषयमा लबिङ्ग गरिरहेको सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्