मनमोहन विश्वविद्यालयमा योग तथा चिकित्सा शिक्षा पढाई हुने

<span class='c1'>मनमोहन विश्वविद्यालयमा योग तथा</span> <span class='c2'>चिकित्सा शिक्षा पढाई हुने</span>

विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयले प्राकृतिक योग तथा चिकित्सा शिक्षाको पढाई सुरु गराउने तयारी थालेको छ । मोरङको बुढीगंगा गाउँपालिका ४ स्थित देशकै पहिलो प्राविधिक विश्वविद्यालय मनमोहनले देशमै पहिलो पटक योग तथा प्राकृतिक शिक्षाको पढाई सुरु गराउने तयारी थालेको हो ।

विश्वभरि प्राकृतिक स्वास्थ्यको बढदो मागलाई ख्याल गर्दै दक्ष जनशक्त्ति उत्पादन गरेर रोजगारमा आत्मनिर्भर बनाउन स्नातक र त्यसपछि स्नातकोत्तर तहमा योग तथा प्राकृतिक चिकित्साको पढाई सुरु गराउन लागेको मनमोहनका उपकुलपति डा.सुभाषश्री पोखरेलले बताए ।
नेपालमै प्राकृतिक स्वास्थ्य शिक्षाको पढाई सुरु गराउन लागि नेपाल र भारतका विज्ञहरुबाट धमाधम पाठयक्रम निर्माण सुरु गरिएको छ । पाठयक्रम निर्माणपछि तुरुन्तै अनुमति प्राप्त गरेर प्राकृतिक स्वास्थ्यबारे स्नातकको पढाई सुरु गरिने भएको छ ।

प्राकृतिक स्वास्थ्य विज्ञ डा.जनक बस्नेतले दक्ष जनशक्त्ति नहुँदा नेपालमा खुलेका प्राकृतिक अस्पतालहरुले दक्ष जनशक्त्तिको चरम अभाव झेल्नुपरिरहेको बताए । उनका अनुसार हाल नेपालमा खुलेका नेचुरोप्याथी अस्पतालहरुले भारतबाट चिकित्सक र अन्य जनशक्त्तिहरु ल्याउनु पर्ने बाध्यता रहेको बताए । प्राकृतिक चिकित्सा औषधि रहित उपचार गर्ने विकल्प रहित शिक्षा हो । प्राकृतिक स्वास्थ्य शिक्षाका लागि स्नातक तहमा पाँच बर्षे पाठयक्रम आवश्यक पर्दछ ।

मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तीमुढामा केन्द्रिय कार्यालय रहेको मनमोहन प्राविधिक विश्वविद्यालय कोसी प्रदेश सरकारले स्थापना गरेको हो । यो विश्वबिद्यालयमा हाल ईन्जिनियरिङतर्फ स्नातक तहको शैक्षिक सत्र सुरु भैसकेको छ । यसैगरि पारामेडिकलतर्फ विभिन्न बिषयमा स्नातक र स्नातोकोत्तरमा पठनपाठन गराउनका लागि पाठयक्रम निर्माण भैसकेको छ । साथै आगामी सत्रदेखी फार्मेसीतर्फ भर्ना आवेदन खुलाउने तयारी भैसकेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्