मृतक लिम्बुको परिवारलाई तीनलाख राहत दिने निर्णय

मृतक लिम्बुको परिवारलाई तीनलाख राहत दिने निर्णय

विराटनगर । गत चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा घाइते भइ उपचारका क्रममा मृत्यु भएका पदम बहादुर लिम्बू लाजेहाङको परिवारलाई प्रदेश सरकारले तीनलाख रुपैँया राहत दिने निर्णय गरेको छ । प्रदेश सरकार मन्त्रीपरिषद्को सोमबार बसेको बैठकले आन्दोलनमा सहभागी उनको मृत्यु भएपछि परिवारलाई राहत दिने निर्णय गरेको हो ।

पहिचान समेटिने नाम राखिनुपर्ने मागसहित कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयतर्फ विरोध प्रदर्शनमा सहभागी लिम्बुलाई लाठ्ठिले लाग्दा घाईते भएका थिए । घाइते भएका लाजेहाङको गत चैत १० गते मृत्यु भएको थियो ।
बैठकले प्रदेश प्रशिक्षण प्रतिष्ठान, कलबल्गुडी झापाको रिक्त रहेको निर्देशक पदमा प्रदेश सचिव कृष्ण सापकोटालाई जिम्मेवारी दिएको छ । यस्तै पर्यटन, वन वातावरण मन्त्रालय द्वारा पेश गरिएको प्रदेश वातावरण संरक्षण ऐन २०७६, र प्रदेश वन ऐन २०७७ संसोधन विधेयकलाई प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा पेश गरिएको समपुरक अनुदान कार्यविधि संसोधन प्रस्ताव पारित गरेको छ भने प्रदेश नामाकरणमा भूमिका खेल्ने प्रदेशसभा सभामुख, उपसभामुख, प्रदेश सभा सदस्यहरुलगायतलाई धन्यवाद र बधाई ज्ञापन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्