काठमाडौँ । प्रधानमन्त्री थ्री नेसन्स कपको लिग चरणको अन्तिम खेलमा आज नेपाल र भुटान खेल्दैछन् ।
खेल बेलुका ६ बजे त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुनेछ ।
प्रतियोगिताको पहिलो खेलमा नेपालले लाओसलाई २–० गोलले हराएको थियो । त्यसैगरी शनिबार भएको खेलमा लाओसले भुटानलाई २–१ गोलले हराएको थियो ।
आजको खेलमा फाइनल पुग्ने टोलीले उपाधिका लागि शुक्रबार लाओससँग खेल्नेछ ।
अखिल नेपाल फुटबल सङ्घ एन्फाले आयोजना गरेको प्रतियोगितामा घरेलु टोली नेपालसहित भुटान र लाओस सहभागी छन् ।