रंगेलीमा २३४ केजी गाँजासहित चार भारतीयसहित पाँचजना पक्राउ

रंगेलीमा २३४ केजी गाँजासहित चार भारतीयसहित पाँचजना पक्राउ

विराटनगर । इलाका प्रहरी कार्यालय रंगेलीले २३४ केजी गाँजासहित चार भारतीय र एक नेपाली नागरिकलाई पक्राउ गरेको छ । रंगेली–२ चेका खोला नजिक गहँुबारीमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी नियन्त्रणमा पर्नेमा भारत अररिया ठिङ्गापुर पञ्चायत ६ कुवाडीका २९ वर्षीय दिपक झा, हाँसा पञ्चायतका ३० वर्षीय सिन्टुक कुमार सिंह, कुटहराका २४ वर्षीय प्रबिण पासवान र कटापुरका २४ वर्षीय बिष्णु कान्त मिश्र रहेका छन् । यसैगरी रंगेली ३ का ४६ वर्षीय बिरबहादुर कार्कीलाई समेत प्रहरीले सोहि समूहसँगै पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक चन्द्र खड्काले उनीहरुले अवैध गाँजा भारततर्फ लैजाने क्रममा पक्राउ गरिएको छ । उनीहरु विरुद्ध लागुऔषध ओसार पसार अन्तर्गतको मुद्दा दर्ता गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्