एपिएफले कोशी प्रदेशलाई दियो १५५ रनको लक्ष्य

<span class='c1'>एपिएफले कोशी प्रदेशलाई दियो</span> <span class='c2'>१५५ रनको लक्ष्य</span>

काठमाडौँ । ललितपुर मेयर्स कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा सशस्त्र प्रहरी बल (एपिएफ)ले कोशी प्रदेशलाई एक सय ५५ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको फाइनलमा टस हारेर पहिले ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा एक विकेट गुमाएर एक सय ५४ रन बनायो । एपिएफकी कप्तान सीता राना मगरले सर्वाधिक ७९ रनको योगदान दिइन् । उनले ६८ बलमा नौ चौका र दुई छक्का प्रहार गरिन् । इन्दु बर्माले ५१ रनको योगदान दिइन् ।

बलिङतर्फ कोशी प्रदेशकी अलिसा खडियाले एक विकेट लिइन् । यसअघि एपिएफले समूह चरणको खेलमा कोशी प्रदेशलाई सात विकेटले पराजित गरेको थियो ।

कोशी प्रदेश अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्