मोरङमा १८ हजार ११२ जना विद्यार्थी एसइईमा सहभागी हुने

मोरङमा १८ हजार ११२ जना विद्यार्थी एसइईमा सहभागी हुने

विराटनगर । यसवर्षको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई)को परीक्षा शुक्रबारबाट सुरू हुँदैछ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्षको एसईई परीक्षामा देशभरबाट कुल ५ लाख १६ हजार ५ सय ९१ जना परीक्षार्थी सहभागी हुँदै छन् । जसमध्ये २ लाख ६० हजार ६ सय ७४ जना छात्र र २ लाख ५५ हजार ९ सय १७ जना छात्राले यस वर्षको एसईई परीक्षा दिँदै छन् ।

परीक्षामा मोरङका १७१ वटा सामुदायिक र २२३ वटा संस्थागत विद्यालय गरी ३९४ विद्यालयबाट १८ हजार ११२ जना विद्यार्थी सहभागी हुने भएका हुन् । मोरङमा ७१ वटा परीक्षा केन्द्रहरु तय गरेको जिल्ला समन्वय इकाई मोरङका प्रमुख टंक गौतमले जानकारी दिए । उनका अनुसार केन्द्राध्यक्ष ७१ र सहायक केन्द्राध्यक्ष पनि ११६ जना रहेका छन् । परिक्षाका लागि ९३७ जना निरीक्षक खटिएका छन् ।

परिक्षाका लागि १८१ जना परिक्षा सहायक र ३७७ जना कार्यालय सहयोगी खटिएका छन् । जिल्लामा परिक्षाका लागि सुरक्षाकर्मी बाहेक १ हजार ६ सय ८२ जना जनशक्ति खटिएका छन् ।

नियमिततर्फ १७ हजार २ सय ९५, प्राविधिक धारतर्फ ६ सय ४४, ग्रेडवृद्धि १ सय ७३, नियमित खुल्लातर्फ १ हजार ३२ गरी १८ हजार १ सय १२ जना परीक्षार्थी एसईईमा सहभागी हुने गौतमले जानकारी दिए । कोशी प्रदेशभरबाट ८० हजार ४ सय ५४ विद्यार्थी एसईईमा सामेल हुँदै छन् भने ३ सय ७८ वटा परीक्षा केन्द्र तोकिएको छ । यस वर्षको एसईईमा सबैभन्दा बढी मोरङबाट परीक्षार्थी सहभागी हुँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्