पर्यटनसँग सम्बन्धित योजना सम्झौता अब जिल्लाबाटै

पर्यटनसँग सम्बन्धित योजना सम्झौता अब जिल्लाबाटै

विराटनगर । कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटनसंग सम्बन्धित योजना सम्झौता १४ जिल्लास्थित वन डिभिजन कार्यालयबाट गराउने निर्णय गरेको छ । वन–वातावरणसँग सम्बन्धित योजना सम्बन्धित जिल्लाका डिभिजन कार्यालयबाट हुने भएपनि पर्यटनसँग सम्बन्धित योजनाको सम्झौता गर्न मन्त्रालय नै धाउनु पर्ने बाध्यता थियो ।

पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्यले योजना सम्झौताका लागि सम्बन्धित जिल्लाका वन डिभिजन कार्यालयले सहजीकरण गर्नुपर्ने निर्णय गरेका हुन् । मन्त्रीको यो निर्णयसँगै प्रदेशका १४ वटै जिल्लामा रहेका वन कार्यालयबाट योजना सम्झौता हुने भएको छ ।
मन्त्री भए लगतै मन्त्री आचार्यले पहाडी क्षेत्रका जिल्लामा पुगेर पर्यटन व्यवसायीसँग परामर्श लिनु भएको थियो । खासगरी पहाडी क्षेत्रमा पर्यटन मन्त्रालय मातहतका कार्यालय नहुँदा विराटनगर नै आउनु पर्ने बाध्यता रहेको गुनासो आएपछि मन्त्री आचार्यले योजना सम्झौता जिल्लाबाटै सहजीकरण गर्ने निर्णय गरेका हुन् ।

यसैगरी पर्यटन मन्त्रालयले पर्यटनसँग सम्बन्धित योजना स्वीकृत भइसकेका तर सम्झौता हुन बाँकी योजनाहरु समयमै सम्झौता गरी प्रभावकारी ढंगले सम्पन्न गर्न वैशाख मसान्तभित्रको समयसिमा तोकेको छ । मन्त्रीका स्वकिय सचिव कपिल सुनुवारका अनुसार उपभोक्ता समितिहरुलाई झन्झटबाट मुक्त गर्ने र योजनाहरु उत्कृष्ट ढंगले समयमै सम्पन्न गर्न यस्तो निर्णय भएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्