कोशी प्रदेश नामाकरणको विरोधमा धरान उपमहानगरपालिका तालाबन्दी

कोशी प्रदेश नामाकरणको विरोधमा धरान उपमहानगरपालिका तालाबन्दी

विराटनगर । प्रदेश नम्बर पुनः नामङ्कन संयुक्त संघर्ष समितिले धरान उपमहानगरपालिकाको मुख्य कार्यालयसहित वडा कार्यालयहरुमा तालाबन्दी गरेको छ ।

प्रदेश १ ले कोशी नाम पाएसँगै आन्दोलनरत संघर्ष समितिले आज (बिहिबार) धरान उपमहानगरपालिकाको प्रवेशद्धार र वडा कार्यालयहरुमा तालबान्दी गरेका हुन् ।

उनीहरुले उपमहानगरपालिकाको प्रवेशद्धारमा कालो झण्डा राखेर प्रदर्शनी गर्नुका साथै कार्यलयको कोशी प्रदेश लेखिएको लेटरप्याड समेत जलाइएको थियो। संघर्ष समितिले धरानका ५, १५ र १२ नम्बर वडा कार्यालमा कालो झण्डा रोखर तालाबन्दी गरिएको छ । फागुन १७ गते प्रदेश १ ले कोशी नाम पाएसँगै यतिबेला कोशी प्रदेश तनावग्रस्त छ । पहिचनपक्षधरले दैनिक जस्तो आन्दोलनका कार्यक्रमहरु गरिरहेका छन् ।

चैत्र ५ गते विराटनगरस्थित भएको प्रदर्शनीको क्रममा घाइते भएका लिम्बूवान भोलेन्टियर्सका केन्द्रीय सहकमाण्डर पदम लिम्बू (लाजेहाङ) उपचारको क्रमा मृत्यु भएको थियो । टाउकोमा चोट लागेका उनको विपी कोइराला स्वास्थ्य विज्ञानप्रतिष्ठान धरानमा उपचारको क्रममा शुक्रबार मृत्यु भएको थियो ।

लास अझै उठेन
मृतक लिम्बूलाई राष्ट्रिय शहीद घोषणा गर्नुपर्ने मागसहित पहिचनपक्षधरले थप आन्दोलन चर्काइरहेको छ । पहिचनको आधारमा प्रदेशको नामाकरण नहुन्जेल र मृतक लिम्बूलाई शहिद घोषणा नगरेसम्म शव जिम्मा नलिने आन्दोलन पक्ष र परिवारको अडान रहेको छ । उनको शव अहिलेसम्म पनि प्रतिष्ठानको शवगृहमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्