रतुवा खोलामा पन्ध्रवर्षपछि लाग्यो आधा पुलको ठेक्का, बनेको आधा भईसक्यो जीर्ण

रतुवा खोलामा पन्ध्रवर्षपछि लाग्यो आधा पुलको ठेक्का, बनेको आधा भईसक्यो जीर्ण

विराटनगर । हुलाकी राजमार्गअन्तर्गत मोरङ–झापा जोड्ने रतुवा खोलाको पुल निर्माण प्रक्रिया अगाडी बढको छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीले ठेक्का लगाएको हो । पुलको आधा भाग बनेपनि बाँकी भाग त्यसै अलपत्र परेको थियो । बाँकी भागमा पनि पुल निर्माणको काम डेढ दशकयता अलपत्र परेको थियो ।

दुई वर्ष भित्र निर्माण सक्नेगरी पुल निर्माण ठेक्का लागेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीका इन्जिनियर प्रमोद खतिवडाले जानकारी दिएका छन् । अधुरो रहेको स्थानमा जम्मा ७५ मिटरको पुलको तीन वटा स्पन निर्माणका लागि देव एन्ड सायर–समता–आशिष सन्दीप जेभीले पाएको छ ।

मोरङ तर्फ ५० मिटर र झापातर्फ २५ मिटर पुलको लम्बाइ थपिनेछ । ७५ मिटर पुल थप गर्नका लागि २२ करोड १२ लाख ३७ हजार रुपैयाँमा ठेक्का लागेको हो । २०८२ असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने ठेक्का छ । ७५ मिटर थपिएपछि पुलको लम्बाइ २८० मिटरको हुनेछ । पुलको सुरक्षाका लागि झापातर्फ ६५० र मोरङतर्फ १४ सय मिटरको खोलामा तटबन्ध पनि निर्माण गरिनेछ ।
रतुवा खोलाको अधुरो पुल निर्माण भए झापाका दक्षिण क्षेत्रका जनतालाई हुलाकी मार्ग हुँदै कोशी प्रदेशको राजधानी विराटनगर आउ–जाउ गर्न सहज हुनेछ । पुल निर्माणपछि आवत–जावतमा पूर्वपश्चिम महेन्द्र राजमार्गको विकल्प पनि बन्नेछ ।

रतुवा खोलामा यसअघि २०६४÷६५ मा पुल निर्माणका लागि ठेक्का लागेको थियो । मोरङ–सुनसरी पुल आयोजनाले आर्थिक वर्ष २०६४÷६५ मा कालिका–ओसिए जेभीलाई पुल निर्माणको ठेक्का लिएको थियो । तर २०५ मिटर पुल निर्माण गरेर ठेकेदार कम्पनीले अलपत्र छाडेको थियो । सम्झौता अनुसारको काम नगरी ठेकेदार कम्पनीले काम छाडेपछि रतुवा खोलामा आधा मात्रै पुल बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्