पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध चौतिस वटा गम्भीर अपराधका अभियोग

पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध चौतिस वटा गम्भीर अपराधका अभियोग

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अश्लिल चलचित्रकी नायिकसँगको यौनसम्बन्ध दबाउन भारी रकम भुक्तानी गरेको, झुठा व्यावसायिक विवरण तयारपारेकोलगायत ३४ वटा गम्भीर अपराधका अभियोग लगाइएको छ ।

न्युयोर्कको एक अदालतले सन् २०१६ मा भएका ती घटनालाई लिएर मङ्गलबार पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध ती अभियोग लगाएको हो । अदालतमा उपस्थित उहाँले ती अभियोगहरूमा आफू दोषी नरहेको दाबी गर्नुभएको छ ।

अमेरिकाको इतिहासमा फौजदारी अपराधको मुद्दा खेप्ने पहिलो पूर्वराष्ट्रपति उहाँको औँठा छापमात्र लिइएको थियो । उहाँका कानुन व्यवसायीले विश्व प्रख्यात उहाँको अनुहारको तस्बिर लिन आवश्यक नभएको बताएका थिए । अभियोजकहरूले पनि उहाँको तस्बिर नलिई ट्रम्पलाई अदालतमा प्रस्तुत गरेका थिए । उहाँलाई हत्कडी पनि लगाइएको थिएन । अदालतमा उहाँ आफ्ना कानुन व्यवसायीहरूसँगै बस्नुभएको थियो ।

अदालतमा उहाँ शान्त तर गम्भीर देखिनुहुन्थ्यो । करिब एक घण्टाको सुनुवाईपछि उहाँ अदालतबाट बाहिरिनुभएको थियो । रासस /एपी

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्