बालुवामा भोक खोज्नेहरु

बालुवामा भोक खोज्नेहरु

विराटनगर । मध्य दिउँसो, रापिलो घाम । तातिएको बालुवामा परिवारको भोको पेट पाल्न बालुवा खोतल्दै गर्दा भेटिए काजी मग्रान्ती दम्पती । उमेरले ५० कटीसकेको उनीहरुको उर्जाशिल उमेर सुन्दरहरैचाको गछिया खोलाको बालुवासँगै वित्यो । त्यसो त काजी मग्रान्ती र उनकी श्रीमती रिता मग्रान्ती मात्रै होइन बालुवामा परिवारको भोक खोज्ने उनी जस्तौ थुप्रै भेटिन्छन् । सबैको दैनिकी विहानको झुल्के घामसँगै सुरु हुन्छ । काजी दम्पतीले ०४२ साल देखि खोलाको बालुवा र गिट्टीसँग साइनो जोडेको बताउदै घरपरिवारको भरथेग नै गछिया खोला रहेको बताउछन् । दुई दिनमा एक ट्याक्टर बालुवा निकाल्ने गरेका मग्रान्ति दम्पतिले बालुवा हजार देखी १२ सय सम्ममा बिक्री गर्ने गरेको बताउछन् ।

उनीहरुका अनुसार असोज देखि असार मसान्तसम्म खोलाबाट गिट्टी बालुवा निकालेर बेच्ने गरेका छन् । मग्रान्ती दम्पतीको जस्तै ५८ वर्षिय छविलाल विश्वकर्मा र ५६ वर्षिया मनकुमारीको पनि घरको आर्थिक श्रोतको माध्यम नै बालुवा हो ।

गछिया खोलाको बालुवा, रापिलो घाम र ततिएको बालुवासँगै साइनो जोडिएको दुई दशक वितेको उनीहरु सुनाउछन् । बर्खामा बाढीले बगाएर ल्याएको बालुवा, ढुङ्गाले विश्वकर्मा र मग्रान्ति दम्पति जस्ता धेरै संख्याको चुल्हो बल्न मदत गरेकोे छ । वर्खा लागेसँगै खोलामा पानी बढ्ने हुँदा बर्खामा काम ठप्प हुने हुँदा अन्य काम नै गर्ने गरेको उनीहरुले बताए ।

‘यो खोला बन्द भए पछि काम रोकिन्छ, आय श्रोत बन्द हुन्छ त्यसैले जे भेटिन्छ काम त्यही गर्छौ,’ उनले भने, काम गरे खान पाइयो ढाँटेर ठगेर नेताले जस्तो खानु भएन ।’

निर्वाचन ताका मत माग्दा विपन्न वर्गका लागि राहतका एजेण्डाका कुराले वाक्क लागेको मग्रान्ति र विश्वकर्मा दम्पतिहरुका लागि देशमा भएका ठूलाठूला राजनीतिक परिवर्तनले अझै छुन सकेको छैन । व्यवस्था बदलिए पनि उनीहरुका जस्तोको जीवनमा अवस्था ज्यूँ का त्यूँ रहेको उनीहरुको दुखेसो छ । गरिबका लागि दुखः आफ्नै निजि भएको बताउने उनीहरु भन्छन्‘ चुनाव आउछ, एजेण्डा हामी जस्ता गरिबको हितका लागि पनि हुन्छ, जितेर जान्छ गरिबको मत विर्सिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्