विराटनगरको क्रिकेट रंगशाला तीनवर्ष भित्र निर्माण सम्पन्न गर्ने मुख्यमन्त्री कार्कीको प्रतिवद्धता

विराटनगरको क्रिकेट रंगशाला तीनवर्ष भित्र निर्माण सम्पन्न गर्ने मुख्यमन्त्री कार्कीको प्रतिवद्धता

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगर–१९ स्थित वैजनाथपुर क्रिकेट रङ्गशालालाई तीन वर्ष भित्र अन्तराष्ट्रिय स्तरको रुपमा निर्माण सम्पन्न गर्ने दावी गरेका छन् । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि काम अगाडि बढाउने मुख्यमन्त्री कार्कीले प्रतिबद्धता जनाएका हुन् ।

खेलकुद क्षेत्रलाई कोशी प्रदेशकै पहिचानको रुपमा अगाडि बढाउन प्रदेश सरकार तयार रहेको बताउँदै उनले झापाको कमल गाउँपालिकामा अवस्थित रङ्गशालालाई आदिवासी जनजाति रङ्गशालाको रुपमा निर्माण गर्न बताए । खेलकुद क्षेत्रलाई राजनीतिमा मिसाउने पक्षमा आफू नरहेको बताउँदै उनले पार्टी र गुटगत कुराले खेल प्रतिभा उजागर नहुने बताएका छन् ।

उनले संवैधानिक र कानूनी प्रक्रिया पुर्याएर काम गर्न प्रदेश खेलकुद बोर्डका पदाधिकारीहरुलाई निर्देशन दिए । विकास बोर्डलाई चाहिने आवश्यक कर्मचारीको व्यवस्थापन चाँडै गर्ने जानकारी गराउँदै आर्थिक मन्दि आएपनि प्रदेशका खेलकुद गतिविधिलाई प्रभावित हुन नदिने प्रतिवद्धता जनाए ।

मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारले आगमी तीनवर्ष भित्र खेलकुदको क्षेत्रमा सन्देश दिने गरी काम गर्ने दाबी गरेका छन् । विभिन्न प्रतियोगितामा राष्ट्रको नाम राख्न सफल खेलाडीहरुलाई सम्मान गर्न बुधबार आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्