कोशी प्रदेशको नाम सच्याउन पहल गर्ने प्रधानमन्त्री प्रचण्डको आश्वासन

कोशी प्रदेशको नाम सच्याउन पहल गर्ने प्रधानमन्त्री प्रचण्डको आश्वासन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल'प्रचण्ड' ले कोशी प्रदेशको नामाकरण सच्याउन पहल गर्ने बताउनुभएको छ ।

पहिचानका आधारमा प्रदेशको नामाकरण माग गर्दै ज्ञापनपत्र बुझाउन पुगेका नेकपा (माओवादी केन्द्र) निकट विभिन्न जनवर्गीय संगठनसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले कोशी प्रदेशको नाम सच्याउन पहल गर्ने बताउनुभएको हो ।

किराँती राष्ट्रिय मुक्ति मोर्चा नेपाल, लिम्बूवान राष्ट्रिय मुक्ति मोर्चा तथा जातीय मुक्ति मोर्चाका पदाधिकारीसहितको प्रतिनिधिमण्डलले सो ज्ञापनपत्र बुझाएको हो ।

प्रदेशको नामकरण कोशी भएपछि उत्पन्न परिस्थितिलाई तत्काल वार्ताबाट समाधान गर्न र आन्दोलनका क्रममा निधन भएकाको परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न पनि ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्