सात लाख खर्चिएर धनकुटामा निर्माण भयो बाख्राको मूर्ति

<span class='c1'>सात लाख खर्चिएर धनकुटामा</span> <span class='c2'>निर्माण भयो बाख्राको मूर्ति</span>

विराटनगर । पछिल्लो समय विभिन्न मूर्ती र स्तम्भ निर्माण गर्ने कार्यमा स्थानीय सरकारको होडबाजी चलेको छ । जसले सामाजिक सञ्जालमा आलोचनाको विषय पनि बनेको छ ।

अहिले बिहानै देखि धनकुटा जिल्लाको साँगुरीगढी गाँउपालिका -३ मा निर्माण भएको बाख्राको मूर्तीले सामाजिक सञ्जालमा राम्रै स्थान ओगटेको छ, भने आलोचना पनि उत्तिकै भइरहेको छ । तमोरकरिडोरमा निर्माण भएको उन्नत जातको बोयर बाख्राको मूर्ति स्थानीयको माग अनुसार निर्माण भएको साँगुरीगढी गाँउपालिका अध्यक्ष जितेन्द्र राईले बताए । सो क्षेत्रमा बाख्रा पकेट क्षेत्र भएकाले पनि स्थानीयको माग अनुसार बाख्राको प्रतिमा निर्माण गरिएको बताउदै उनले भने,‘यासलाई कुशेटार भनिन्छ, यो क्षेत्र बोयर बाख्राको पकेट क्षेत्र घोषणा गरिएको छ, यहाँको जनताको माग अनुसार हामीले यो प्रतिमा निर्माण गरेका हौँ ।’

अघिल्लो आर्थिक वर्षमा ५ लाख र चालु आर्थिक वर्ष ०७९/०८० मा २ लाख बजेट विनियाजित गरेर मूर्ति निर्माण गरिएको अध्यक्ष राईले जानकारी दिए ।
सो क्षेत्रमा बाख्रा उत्पादनले कृषकहरुलाई राम्रो आम्दानी भएको र अनुदान पनि पालिकाले दिदैँ आएको भएर सो क्षेत्रको चिनारीकोरुपमा मूर्ति निर्माण गरिएको उनले बताए ।

करिडोरको बाटो निर्माण कार्यसम्पन्न पूरा नभई स्थानीय सरकारलाई मूर्ति निर्माणमा किन हतार ? भन्ने प्रश्नमा उनले तमोर करिडोर राष्ट्रिय गौरबको आयोजना भएको र निर्माणा कार्य पनि भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्