विराटनगर । एसइईमा नक्कली परिक्षार्थी खडा गरेर परीक्षा दिन लगाउने कन्सलटेन्सीका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। नक्कली परीक्षार्थी खडा गरेर परीक्षा दिन लगाउने धरानको डल्फिन पूर्वाञ्चल एकेडेमीका सञ्चालक सन्तोष राईलाई प्रहरीले पक्राउ गरेको हो।
कन्सलटेन्सीले परिक्षार्थीहरुसँग एसइई पास गराउने ग्यारेन्टिका साथ ४० हजार रुपैयाँसम्म लिने गरेको पाइएको छ । चैत्र २३ गते सामाजिक विषयको परिक्षा दिने क्रममा मोरङबाट २ सय जना नक्कली परीक्षार्थीहरूलाई पक्राउ गरेको थियो । नक्कली परीक्षार्थी खडा गरेर परिक्षा उत्तीर्ण गराउने जिम्म लिएर नक्कली परीक्षार्थी खडा गरेर परिक्षा दिन लगाउने सुनसरी र मोरङका रहेको पाइएको छ ।
राईलाई २३ गते नै नियान्त्रणमा लिइएको मोरङ प्रहरी प्रवक्ता रन्जनकुमार दाहालले जानकारी दिए । अन्य कन्सलटेन्सीका सञ्चालक भने फरार रहेको उनले बताए । नक्कली परिक्षा दिन आउने उर्लाबारीको एमएन कन्सलटेन्सी, गुडविल कन्सलटेन्सी मङ्गलबारे, पर्फेक्ट कन्सलटेन्सी पथरी, एनएआरटी कलेज पथरी रहेका छन्। यी मध्ये सबैभन्दा धेरै धरानका रहेको प्रहरीले जनाएको छ।
नक्कली परिक्षार्थी बनेर परिक्षा दिन आउने केराबारी गाउँपालिकास्थित सार्वजनिक मावि परीक्षा केन्द्रबाट सबैभन्दा बढी १ सय २७ जना पक्राउ परेका थिए। झोराहाटस्थित सरस्वती मावि केन्द्रबाट ५२ जना र सुन्दरहरैंचाको जनता मावि केन्द्रबाट २० जना पक्राउ परेका थिए।