विराटनगरका जीममा आकर्षक ‘कार्डियो एक्ससाइज’

विराटनगरका जीममा आकर्षक ‘कार्डियो एक्ससाइज’

विराटनगर । असाध्यै मोटाईयो अब जीम गएर घटाइन्छ । सहरीया जीवनशैलीमा जीम अपनाउने युवायुवती र वयस्कहरुले बिहानै वा साँझपखलाई स्वस्थ र फिट रहनका लागि सदुपयोग गर्दछन् । जीममा युवायुवतीको संख्या मात्रै धाउन्छन् भन्ने भ्रम भने विराटनगरमा हट्दै गएको देखिन्न्छ ।

खासगरी विराटनगरका जीम एण्ड फिटनेस क्लवहरुले आइरन वर्कआउट मात्रै नभई कार्डियो एक्ससाइज र कार्यिडाक पिटी, जुम्बा जस्तो शारिरीक लचकताका विधी भित्र्याएपछि यसको आकर्षक बढ्दै गएको छ । जीमशैलीलाई जीवनशैलीमा रुपान्तरण गर्नेहरुले यसलाई विधीपूर्वक अपनाउँदा त्यसको स्वस्थ फाइदा धेरै रहेका छन् ।

कार्डियकमा साइकल चलाउने, ट्रेड मिल, स्टे«चिङ, जगिङ, ब्रिक्स वाक पर्छन् । दौड र तेज हिड्न उत्तम हने भएकाले धेरैलाई यसमा बढी ध्यान केन्द्रीत गरेका हुन्छन् । सुरुका एक महिना सिम्पल कार्डियाक एक्ससाइज गर्ने त्यसपछि क्रमसः वर्क लोड बढाउने कार्यले शरीरको सन्तुलन तालमेल हुने गर्दछ ।

मेशिनबाटै कार्डियो वर्कआउट गराउने प्रचलन विराटनगरमा पाँचवर्ष अगाडीदेखि भित्रीयो । शिवशक्ति जीम एण्ड फिटनेश क्लवका सञ्चालक नविनबिक्रम शाहका अनुसार पाँचवर्ष अगाडी ट्रेडमिल, प्रष्टेनर, साइक्लिङ्ग, भाईब्रेटर मसाज जस्ता मेशिन भित्रिएका थिए । मेशिन कार्डियो एक्ससाइजका लागि अन्य थुप्रै मेशिनहरु प्नि छन् । तर, सबै अहिले भित्रिएका छैनन् ।
विराटनगरमा मेशिनसँग मात्रै जोडेर गरिने कार्डियो एक्ससाइजलाई विस्तारै कार्डियाक एक्ससाइजमा रुपान्तरण गरेर पछिल्लो एकवर्षमा जीम भित्र पिटी परेडशैली सुरु भएको छ । विराटनगर–४ कन्चनबारीस्थित सजिलो जीम एण्ड फिटनेशका सञ्चालक सन्जय साहका अनुसार शरिरलाई ताजगी राख्नका लागि आइरन वर्कआउटसँगै कार्डियो एक्ससाइजलाई बढी प्राथमिकतामा राख्न थालेपछि त्यसको आकर्षण बढेको छ ।

मानौं की सुरक्षा दस्तामा रहेका आर्मि र प्रहरीलाई बारम्बार तालिमहरुको आयोजना हुने गर्दछ । तर, दैनिक पिटी परेड समेत उनीहरुको जीवनशैली हुन्छ । जसले शरिरलाई लचक बनाईराख्न मद्दत गर्दछ । सजिलोका सञ्चालक साह भन्छन्–कार्डियो एक्ससाइजका कारण जीम भित्र शाििररीक व्यायामलाई भित्र्याएको छ । मेशिनबाट गरिने कार्डियो भन्दा स्टेचिङ्ग तथा पिटी परेडका विधीले एरोबिक्स मोडल समेत जीममा भित्रिएको छ । विराटनगरमा कुनै समय एरोबिक्स केन्द्रहरु थिए । जहाँ ठूलो संख्यामा भीड लाग्दथ्यो । जीम स्थापना भएर विस्तारै त्यहि भित्र जुम्बा फिटनेश, एरोबिक्स मिक्स भएको कार्डियो गराउन थालिएपछि एउटै छानोमुनी धेरै किमिसका अवसर सिर्जना भएका छन् ।

शिवशक्तिका सञ्चालक शाहका अनुसार अहिले आईरन लोड वर्कआउट, कार्डियो मेशिन वर्कआउट, व्यायाम वर्कआउट गर्ने स्थानहरु एउटै जीम भित्र व्यवस्थापन हुने गरेको छ । ईच्छाकाहरुले जीम भित्र प्रवेश गरेपछि सबै प्रकारका एक्ससाइजहरु लिने सुविधा छ ।

जिम भित्र धेरै खाले खेलकुद पर्छन् । नियमित जिम र ब्यायामको तालमेलले नै ढल्कदो उमेरलाई ताजगी र फिट देखाई दिने गरेको धेरैको अनुभव छ । स्वस्थ शरीर बनाउनकै लागि जीम धाउने लत बनाएकाहरु एकदिन पनि मिस गर्न चाहँदैनन् ।
शरीर फिट, आकर्षक राख्न होस् वा स्वस्थ रहन धेरैजसोको रोजाइमा पर्न थालेपछि विराटनगरका जीम क्लवहरुले समेत त्यस भित्रको भीड व्यवस्थापनका लागि नयाँ मोडल ल्याएका छन् । एकै पटक आईरन वर्कआउट गर्नेको संख्या धेरै भए कार्डियाक वर्कआउटमा आधा संख्या इन्गेज गराउँदा व्यवस्थापन पनि सहज हुने गरेको छ ।

व्यायामले हाम्रो मुटुलाई राम्रो गर्छ । मुटुका लागि केही विशेष व्यायामहरु हुन्छन् । कार्डियो एक्ससाइज, कार्डियाक व्यायाम गर्दा राम्रो हुने सञ्चालकहरुको भनाई छ । कार्डियकमा साइकल चलाउने, ट्रेड मिल, स्टे«चिङ, जगिङ, ब्रिक्स वाक पर्छन् । जीमले गर्नाले फ्याट कोलेस्ट्रललाई कम गराउँछ । ‘मोटोपन पनि घटाउँछ । जति मसल बढ्यो, त्यति नै मोटोपन कम हुन्छ । उमेरअनुसार मानिसको काम गर्ने क्षमता कम हुँदै जाने भएकाले अल्छी लाग्ने हुन्छ तर जीम गर्नाले शरीरलाई सक्रिय बनाई राख्न सहयोग पुर्याउने साहको दावी छ । साहले जीममा बढ्दै गएको आकर्षकसँगै सञ्चालकहरुले फरक–फरक चाडपर्व लक्षित योजनाहरु समेत ल्याउन थालेको सुनाए । उनले भने–सजिलोले नेपाली नयाँ वर्षमा भर्ना हुन चाहने मेम्बरका लागि भर्ना शुल्कमा शतप्रतिशत छुट र वार्षिक प्याकेजमा ५० प्रतिशत छुट सुविधा तोकेको छ ।

यसमा वार्षिक प्याकेज अन्तर्गतको शुल्क एकमुष्ट बुझाउँदा सेवाग्राहीले छुट पाउने हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्