विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले जनप्रतिनिधि र कर्मचारीको सम्पत्ति छानवीन गर्ने बताएका छन् ।
मेयर साम्पाङले सामाजिक संजाल फेसबुकमास्टाटस लेख्दै यस्तो बताएका हुन् ।
उनले लेखेका छन् ",अब सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीहरुको सम्पति छानबिन गर्ने छु ! स्रोत बिनाको सम्पत्ति जोड्नेहरुको खैरात छैन ।"
पछिल्लो समय अध्यक्ष र मेयर साम्पाङ बीचको टसलका कारण उपमहानगरपालिकाको कार्यपालिका बैठक बस्न सकेको छैन ।