झोराहाटमा सहकारीबाट रकम चोरी गर्ने तीनजना कारागार चलान, एकजना धरौटीमा छुटे

झोराहाटमा सहकारीबाट रकम चोरी गर्ने तीनजना कारागार चलान, एकजना धरौटीमा छुटे

विराटनगर । गते चैत्र २ गते मोरङको ग्रामथान–२ स्थित झोराहाटमा सौजन्य बचत तथा ऋण सहकारी संस्थामा चोरीमा संलग्न चारजनामध्ये तीनजना कारागार चलान भएका छन् । एकजना दुईलाख धरौटीमा छुटेका छन् ।

प्रहरीले उनीहरुलाई पक्राउ गरि जिल्ला सरकारी वकिल कार्यालयले चोरी कसूरमा मुद्दा दायर गरेको थियो । जिल्ला अदालत मोरङले बिहीबार चोरीमा संलग्नमध्ये तीनजनालाई पूर्पक्षका लागि थुनामा र एकजनालाई धरौटी आदेश गरेको हो ।

इलाका प्रहरी कार्यालय बेलबारीले ग्रामथान–५ का ४० वर्षीय दिलिप कुमार चौधरी, २८ वर्षीय ईरज धामी, सर्लाही लालबन्दी नगरपालिका–२ पुनरबास टोल बस्ने ३५ वर्षीय मिथुन पासवान र सर्लाही इश्वरपुर नगरपालिका–५ नरेशखोर टोलका २६ वर्षीय मिथिलेस महतोलाई पक्राउ गरेको थियो ।

अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयले अभियोजन दर्ता गराएकोमा मिथिलेश महतोले दुई लाख धरौटी बुझाएर छुटेका हुन् ।

बाँकी तीनजना चौधरी, धामी र पासवान कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्