ओडिआईमा छिटो एक सय विकेट लिने खेलाडी बने सन्दीप लामिछाने

<span class='c1'>ओडिआईमा छिटो एक सय विकेट</span> <span class='c2'>लिने खेलाडी बने सन्दीप लामिछाने</span>

काठमाडौँ । नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेकाे एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटाे एक सय विकेट लिने खेलाडी बनेका छन् ।

त्रिवि क्रिकेट मैदानमा जारी एसीसी मेन्स प्रिमियर कप अन्तर्गत ओमानविरुद्धको खेलमा एक विकेट लिएसँगै सन्दीपले कीर्तिमान बनाएका हुन्। सन्दीपले ४२ खेलमा याे कीर्तिमान बनाउन सफल भएका छन् ।

उनले खेलकाे १२ ओभर ३ बलमा अदिल सफिकलाई एलबीडब्ल्यू आउट गरे । सन्दीपले अफगानिस्तानका स्पिनर राशिद खानलाई पछि पार्दै कीर्तिमान बनाएका हुन् ।

यसअघि याे कीर्तिमान अफगानिस्तानका स्पिनर राशिद खानकाे नाममा थियाे । उनले ४४ खेलमा सय विकेट लिएका थिए । यस्तै अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्क तेस्राे स्थानमा छन् । उनले ५२ खेलमा याे कीर्तिमान बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 5 of 2