प्रकृति प्रेमीहरुको लागि सुनसरीको धरानमा “गो ग्यालामपीङ”

प्रकृति प्रेमीहरुको लागि सुनसरीको धरानमा “गो ग्यालामपीङ”

बिबेक दाहाल
धरान ।के तपाई प्रकृति प्रेमी हुनुहुन्छ ? प्राकृतिक वातावरणले तपाईलाई लोभ्याउने गर्दछ ? यहि गर्दछ भने कोशी प्रदेशको धरानमा "गो ग्यामपीङ" सुरु भएको छ ।

क्याम्पिंङ र ग्ल्यामरलाई मिलाएर बनाइएको यस ठाउँमा प्रकृतिको सबै कुरा अनुभव गर्न सकिन्छ । धरान ४ बसन्तटार हाइटमा युवा विश्वदीप बज्राचार्यले सुरु गरेको यस ठाउँमा ३ वटा बिभिन्न टेन्ट/क्याम्पिंङको लागि प्रबन्ध रहेको छ ।

एकै ठाउँमा १२ जना अट्ने ग्यामपीङ स्पट, कपलहरुको लागि विशेष स्पट र साना टेन्टमा बस्ने प्रवन्ध यस ठाउँमा रहेको छ । जंगलको वातावरण, साँझको सांगीतिक कार्यक्रम, मिठो लोकल खाना लगायतले धेरै जनामा गो ग्यालामपीङ लोकप्रिय हुँदै आएको छ । यसै नयाँ बर्षबाट पूर्ण रुपमा संचालनमा आएको यस ठाउँमा एकैपटक ४-५ वटा सम्म समुहले मनोरन्जन लिन सक्छन ।

शहरको व्यस्त जीवनबाट केहि क्षण प्रकृतिसंग नजिक बन्नको लागि यस ठाउँमा युवा उमेर देखि बृद्धहरु समेत आउने गरेको संचालक बज्राचार्यले जानकारी दिए । हाल व्यस्थापनमा स्नातक गर्दै गरेका बज्राचार्यले आफ्नै साथीहरुसंग ग्याम्प्लिंङ गर्दा गर्दै यसलाई व्यवसायको रुपमा पनि सुरु गर्न सकिन्छ भन्ने सोचले आफ्ना परिवारका सदस्यहरुको साथमा उक्त व्यवसाय सुरु गरेको बताए । बज्राचार्य आफुपनि सांगीतिक क्षेत्रमा रुची राख्ने भएको हुनले 'गो ग्यामपीङ' मा हरेक साँझमा सांगीतिक कार्यक्रम पनि आयोजना हुदै आएको छ । आफ्ना बुवा र आमाको सहयोगमा उनले यस व्यवसाय गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्