उपनिर्वाचन : बारा २ मा साढे ९ बजेदेखि गणना थालिने

<span class='c1'>उपनिर्वाचन : बारा २ मा</span> <span class='c2'>साढे ९ बजेदेखि गणना थालिने</span>

जनकपुरधाम । प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन भएको बारा २ मा साढे ९ बजेदेखि गणना थालिने भएको छ ।

हालै सम्पन्न सर्वदलीय बैठकमा मतगणनाको समय टुंगो लगाइएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए ।

बाराको कलैयास्थित शिक्षा तालिम केन्द्रमा कडा सुरक्षाबीच मतगणनाको व्यवस्थापन मिलाएको छ । तारजाली लगाएको मतगणना स्थलमा सिसि क्यामेरासमेत जडान भएको प्रजिअ सापकोटाले बताए । बारा २ मा ६५ प्रतिशत मत खसेको थियो । त्यहाँबाट ३४ उम्मेदवार चुनावी मैदानमा रहेपनि जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका शिवचन्द्र कुशवाहाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । एमालेका पुरुषोत्तम पौडेल र रास्वपाका रमेश खरेल पनि मैदानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्