नेपाल र साउदी अरेबियाबीचको खेल रद्द, वर्षा बन्यो बाधक

नेपाल र साउदी अरेबियाबीचको खेल रद्द, वर्षा बन्यो बाधक

एसीसी प्रिमियर कपमा नेपाल र साउदी अरेबियाबीचको खेल रद्द भएको छ ।

सोमबार मुलपानी क्रिकेट मैदानमा बिहान नौ बजेदेखि सुरु हुने तालिका रहे पनि वर्षाका कारण खेलको टससमेत नभई रद्द भएको हो ।

खेल रद्द भएसँगै समूह ‘ए’ मा रहेका दुवैै टिमले एक–एक अंक बाँडेका छन् । समूहको शीर्ष स्थानमा रहेको नेपालले तीन खेलबाट पाँच अंक जोडेको छ । नेपालले यसअघिका दुवै खेलमा जित निकालेको थियो ।

यता, तालिकाको तेस्रो स्थानमा रहेको साउदीले तीन खेलबाट तीन अंक जोडेको छ । साउदीले यसअघिका दुई खेलमध्ये एक खेलमा जित र एक खेलमा हार व्यहोरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्