सुनसरीको बर्जु गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मेहतामाथि हातपात

सुनसरीको बर्जु गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मेहतामाथि हातपात

विराटनगर । सुनसरीको बर्जु गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुनन्दन मेहतामाथि हातपात भएको छ । बर्जु गाउँपालिका–३ का पूर्व अध्यक्ष प्रदिप चौधरीसँग योजनाको विषयमा छलफल हुँदा प्रशासकिय अधिकृतसँग धकेलाधकेल भएको हो ।

गाउँपालिकाका अध्यक्ष जिवछकुमार रायले हात हालाहाल नभएर भनाभन भएकोले छलफल राखिएको बताए । उनले भित्री कुरा आफूलाई थाहा नभएपनि समस्या आएपछि छलफलबाट समाधान खोज्ने प्रयास भईरहेको जानकारी दिए । विद्यालयको एउटा कार्यक्रममा गएको थिएँ, त्यसबेला भनाभन भयो भन्ने सुनेको हुँ, अध्यक्ष रायले भने–योजनासँग सम्बन्धित भएर भनाभन भएको कुरा आएको छ ।

प्रशासकिय अधिकृत मेहता सेवाग्राहीमुखी नभएको भन्दै यस अगाडी समेत आलोचना हुँदै आएको थियो । उनले आफ्नो कार्यकक्षमा भित्रबाट चुकुल लगाएर बस्ने गरेको र सबै सेवाग्राही आउँदा भेट नदिने गरेको भन्दै आलोचना हुने गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्