विराटनगर । बारा–२ मा जसपाका उपेन्द्र यादवलाई पछि पार्दै जनमत पार्टीका शिवचन्द्र कुशवाहाले अग्रता बनाएका छन् । जनमत पार्टीका कुशवाहाले ६ सय २८ मत ल्याएका छन्।
उनलाई पछ्याइरहेका जसपाका यादवले ५ सय ७१ मत ल्याएका छन्। त्यस्तै नेकपा (एमाले) का पुरूषोत्तम पौडेलले ५ सय १० मत ल्याएका छन्। चौथोमा रहेका रास्वपाका रमेश खरेलले २ सय ३६ मत ल्याएका छन्।