घाईते भाईलाई बचाउन दिदीको याचना

<span class='c1'>घाईते भाईलाई बचाउन</span> <span class='c2'>दिदीको याचना</span>

विराटनगर । अन्य समय झैँ विद्यालय परिसर विद्यार्थीको चहलपहलले व्यस्त थियो । साथीभाई गफिने र आफ्ना कुरामा व्यस्त थिए । कोही स्कुल प्रांगणमा रहेको अमलाको रुखमा चढेर टिप्दै थिए । त्यही देखेर अमला खान १८ वर्षीय एञ्जल सुवेदी चढे । रुखको हाँगा भाँचिएर लडे र उनी घाइते भए । उनकी दिदी एल्जिना सुवेदीका अनुसार घटना गत आइतबार (बैशाख १० गते) बिहानको थियो । उनी कक्षा ११ का विद्यार्थी हुन् । अहिले उनको विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा उपचार भईरहेको छ ।

एल्जिनाको अनुसार उनको रुखबाट लडेर घाँटी, हात, खुट्टा, करङ भाँचिएको छ भने अहिले आइसियुमा राखेर उपचार भईरहेको छ । अध्ययनका लागि विद्यालय गएको भाई अस्पताल पु¥याइएको खबरले परिवार नै जवाफविहीन बने । भाईको उपचारका लागि १० लाखभन्दा बढी रकम खर्च भईसकेको उनले सुनाइन् । घाँटीको अप्रेशन भईसकेको र अप्रेशनको क्रममा एक लाख बढी खर्च लागेको बताउँदै उनले विद्यालयको तर्फबाट ५० हजार सहयोग प्राप्त भएको बताइन् ।

शल्याक्रिया सकिए पनि हात, खुट्टाको उपचार गर्न बाँकी नै रहेको उनले सुनाइन् । आर्थिक अवस्था कमजोर रहेकाले पनि भाईको उपचारमा सकस परको छ । हाल अरुले गरेको सहयोगबाट नै भाईको उपचार गरिरहेको बताउदै उनले अन्य उपचार बाँकी रहेकोले त्यसका लागि पैसा आवश्यकता पर्ने बताइन् । पढ्न गएको भाई गम्भीर घाईते हुँदा अब लाग्ने आर्थिक व्यवस्थापन कसरी गर्ने भन्ने चिन्तामा अल्झिएकी छिन् । उनी सहकारी संस्थामा कलेक्टर छिन् । आमा पनि घरपरिवार ज्यालामजदुरी गर्दै आईरहेकी छिन् । त्यसो त उनको साथमा बुवा पनि छैनन् । आमालाई तीन सन्तानको जिम्मेवारी काँधमा छा्ेडेर कहाँ गए के गर्दै छन् अलिहेसम्म कुनै खबर नभएको उनले बताइन् ।

ज्यालादारी गर्ने भएकाले काममा गएमात्र पैसा आउने उनले बताइन् । ‘ज्यालादारी भएका कारण काम गर्न गएको दिनमात्रै पैसा आउँछ,’ उनले भनिन्, ‘अहिले हस्पिटलमै बस्नुपरेकाले काम गर्न जान पाइएको छैन, घरखर्च टार्न समेत धौधौ छ ।’

विराट टिचिङ हस्पिटलमा डा. सतिस दासले उनको उपचार गरिरहेका छन् । विद्यालयमा मेहनती विद्यार्थीको रूपमा चिनिएका सुवेदी विद्यालयमा राम्रो अंक ल्याएर उत्तीर्ण हुँदै आएका थिए । उपचारका लागि सकस भएपछि परिवारले सहयोगको अपेक्षा राखेका छन् ।
जसका लागि बैंकका खता एनएमबी बैँकमा एल्जिना सुवेदी(Aljina Subedi)को नाममा रहेको २१००१९६०२८७०००१७ (2100196028700017) नम्बरको खातामा सहयोग गर्न सकिने छ । यस्तै, पीडित परिवारले ९८०७७५६५७३ नम्बरमा फोन सम्पर्क गरेर समेत सहयोग गर्न सकिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्